हामीसँग जोडिनुहोस

 बाग्मती प्रदेशका सभामुख भुवनकुमार पाठकको आह्वानमा आज सर्वदलीय बैठक बस्ने

1 मिनेट

२२ माघ, काठमाडौं ।

बाग्मती प्रदेशका सभामुख भुवनकुमार पाठकको आह्वानमा आज सर्वदलीय बैठक बस्ने भएको छ । भोलिका लागि बोलाइएको प्रदेशसभा बैठकलाई सहज बनाउने र दलहरूबीच सहमति कायम गर्ने उद्देश्यले आज दिउँसो ३ बजे सभामुख पाठकले बैठक आह्वान गर्नुभएको हो ।

प्रदेशसभाको हिउँदे अधिवेशन यही माघ १८ गते मात्र शुरू भएको थियो । बैठकमा तीन वटा विधेयक पेश गर्ने भनिए पनि दलहरूबीच विशेषगरी बजेट कार्यान्वयनका विषयमा सहमति नजुट्दा विधेयक पेश हुन सकेनन् ।

यही कारण आउँदो बैठकलाई प्रभावकारी बनाउन सभामुख पाठकले सर्वदलीय छलफलको पहल गर्नुभएको हो ।

सत्तापक्षमा रहेका नेपाली कांग्रेस र नेकपा (एमाले) ले सरकारले अघि सारेका नीति तथा कार्यक्रमलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिँदै आएका छन् । प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) तथा अन्य दलहरूले बजेट खर्चको पारदर्शीता र प्रभावकारिता सुनिश्चित गर्नुपर्ने माग अघि सारेका छन् ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।