हामीसँग जोडिनुहोस

नेकपा एकीकृत समाजवादीले तोक्यो ३३ विभाग प्रमुख र उपप्रमुख

1 मिनेट

काठमाडौं,२३ माघ

नेकपा (एकीकृत समाजवादी) ले केन्द्रीय विभागका प्रमुख र उपप्रमुख तोकेको छ । जसमा पार्टी स्कुल विभाग प्रमुखको जिम्मेवारी सम्मानित नेता झलनाथ खनालले पाएका छन् । सो विभागको उपप्रमुखमा पार्टीका वरिष्ठ नेताद्धय डा. बेदुराम भुसाल र डा. विजय पौडेल तोकिएका छन् ।

सङ्गठन विभागको प्रमुखको जिम्मेवारी डा. बेदुराम भुसालले पाउँदा रामचन्द्र यादव उपप्रमुख भएका छन् ।त्यसैगरी विदेश विभाग प्रमुखको जिम्मेवारी प्रमेश हमालले पाउँदा राजकीय मामिला विभाग प्रमुख वरिष्ठ नेता घनेन्द्र बस्नेतले पाएका छन् । यो विभागको उपप्रमुखमा प्रमोद शर्मा छन् । प्रचार विभाग प्रमुखको जिम्मेवारी पार्टी उपाध्यक्ष प्रकाश ज्वालाले पाउँदा दामोदर अर्याल र चमिना भट्टराईले उपप्रमुखको जिम्मेवारी पाएका छन् ।

सङघीय तथा प्रादेशिक मामिला प्रमुखमा पार्टी उपाध्यक्ष जगन्नाथ खतिवडा, अनुगमन तथा मूल्याङ्कन विभाग प्रमुखमा पार्टी महासचिव घनश्याम भुसाल, उपप्रमुखमा अशेष घिमिरे, संसदीय विभाग प्रमुखमा गरिमा शाह, शिक्षा विभाग प्रमुखमा पार्टी सचिव सावित्रा भुसाल, उपप्रमुखमा उदयबहादुर बोहरा, आर्थिक विभाग प्रमुखमा पार्टी सचिव सोम पाण्डे, सहकारी विभाग प्रमुखमा केशवलाल श्रेष्ठ र उपप्रमुखमा निर्मल सुवेदी र नवराज सुवेदीलाई जिम्मेवारी तोकिएको छ ।

त्यस्तै अर्थ योजना विभाग प्रमुखमा डा. विजय पौडेल, उपप्रमुखमा डा.चन्द्रमणि अधिकारी, पर्यटन विभाग प्रमुखमा जीवनराम श्रेष्ठ र उपप्रमुखमा हंशबहादुर शाही, कृषि तथा भूमिसुधार विभाग प्रमुखमा हरि पराजुली र उपप्रमुखमा चुनु केसी, भौतिक पूर्वाधार तथा यातायात विभाग प्रमुखमा रामचन्द्र झा र उपप्रमुखमा गम्भीरलाल श्रेष्ठले जिम्मेवारी पाएका छन् ।स्थानीय तह विभाग प्रमुखमा कल्याणी खडका र उपप्रमुखमा मिना लामा र डा.सीता ढुङगानाले जिम्मेवारी पाउँदा स्वास्थ्य विभाग प्रमुखको जिम्मेवारी डा.वंशीधर मिश्र र उपप्रमुख राधा सिलवाल बनेकी छन् ।

राष्ट्रिय हित सुरक्षा विभाग प्रमुखमा साध्यबहादुर भण्डारी, जलस्रोत विभाग प्रमुखमा डा. कृष्ण पन्त, निर्वाचन विभाग प्रमुखमा दिलु पन्त र उपप्रमुखमा अम्बिका थापा, भवानी खडका, कानुन विभाग प्रमुखमा डा.देउमान सम्बाहाम्फे र उपप्रमुखमा कुलप्रसाद फुयाँलले जिम्मेवारी पाएका छन् ।

पार्टीको समाज कल्याण विभाग प्रमुखमा निरादेवी जैरु र उपप्रमुखमा मञ्जु यादव तथा विपद् व्यवस्थापन विभाग प्रमुखमा राजेन्द्रमान श्रेष्ठ र उपप्रमुखको जिम्मेवारी भास्कर काफ्लेले पाएका छन् ।

 

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।