काठमाडौं,२३ माघ ।
नेपाल भ्रमणमा रहेका बेलायती राजकुमार एडवार्ड आज भक्तपुर दरबार क्षेत्रको अवलोकन गरेका छन् ।
आजै बिहान ठिमी स्थित एस.ओ.एसको कार्यक्रम सकेर ११ बजे भक्तपुर दरबार क्षेत्रको भ्रमण गरेका हुन्।
त्यहाँ उनले भक्तपुरको धार्मिक, इतिहासिक सम्पदा क्षेत्रहरूको अवलोकन गरेका हुन् ।