काठमाडौं,२३ माघ ।
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) केन्द्रीय अनुशासन आयोगले पार्टीको विधि र पद्धति विपरित सामाजिक सञ्जालमा टिकाटिप्पणी नगर्न नेता कार्यकर्तालाई निर्देशन दिएको छ । आयोगका अध्यक्ष शिवबहादुर देउजाले आइतबार विज्ञप्ति जारी गर्दै पार्टीका जिम्मेवार नेता कार्यकर्ताहरुले सचेतसहित निर्देशन दिएका हुन् ।
पार्टी अनुशासनविपरित कतिपयले सामाजिक सञ्जाल तथा मिडियाहरूमा जथाभावी भ्रम सिर्जना गरेको पाइएको विज्ञप्तिमा उल्लेख छ । साथै यस्ता क्रियाकलापमाथि आयोगले निगरानी राखिरहेको पनि जनाएको छ ।
तसर्थ, पार्टीको तलदेखि माथि जुनसुकै तह र निकायको जिम्मेवारीमा रहनुभएका कमरेड जहाँ जोजोबाट जेजस्तो आशयबाट त्यस्तो बेठीक शैली र कुराहरु प्रकट भएको भए पनि त्यसलाई तत्काल त्यागी हाल्न अनुरोध र सचेत पनि गराइन्छ, अन्यथा पार्टीको विधान अनुरुप अनुशासनको कार्यबाहीको प्रकृया अघि बढाइने कुरा समेत जानकारी गराइन्छ’, एकीकृत समाजवादीले भनेको छ ।