हामीसँग जोडिनुहोस

सामाजिक सञ्जाल नियमन गर्न विद्येयक आवश्यक ः नेता महेश बस्नेत

टाउँकोमा कफन बाधेर वाईसिएललाई तह लगाउने महेश बस्नेतकै कारण भक्तपुर देश विदेशमा चर्चामा आएको हो : प्रेस चौतारी अध्यक्ष गणेश बस्नेत

4 मिनेट

भक्तपुर, २४ माघ । नेकपा (एमाले)का पोलिट्ब्युरो सदस्य एवं भक्तपुर जिल्ला इन्चार्ज महेश बस्नेत र प्रेस चौतारी नेपालका केन्द्रीय अध्यक्ष गणेश बस्नेतले देशमा मिडिया पोलुसन निकै बढेकाले सरकार सामाजिक संजाल नियमन विधेयक ल्याउन आवश्यक रहेको बताउनु भएको छ । प्रेस चौतारी नेपाल भक्तपुर जिल्ला शाखाको पाचौं जिल्ला अधिवेशनको बिहिबार उद्घाटन गर्दै उहाँहरुले यस्तो बताउनु भएको हो ।

कार्यक्रममा बोल्दै पूर्वमन्त्री समेत रहनु भएका एमालेका जिल्ला इन्चार्ज महेश बस्नेतले सामाजिक सञ्जाल निकै अराजक बन्दै भ्रम सृजना गरेर देशमा अस्थिरता पैदा गर्न थालेकाले नियमन आवश्यक रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “देशमा गलत गर्नेहरुलाई स्थापित गर्न सोसल मिडियाको दुरुपयोग बढीरहेको छ । सामाजिक संजालले समाजलाई भ्रम र अराजकता तर्फ लगिरहेको छ । कुनै पनि तरिकाले सत्यलाई पराजित गर्न नसके पछि सामाजिक सञ्जालको दुरुपयोग गरेर चरित्र हत्या गर्नेसम्मका दुस्प्रयास भइरहेको छ । देशमा मिडिया पोलुसन निकै बढेकाले सरकार सामाजिक संजाल नियमन विधेयक ल्याउन बाध्य भएको हो । त्यसलाई बेलैमा रोक्नपर्ने आवश्यक छ ।”

युथ फोर्स बनाएर आफ्नो नेतृत्वमा तत्कालीन वाइसीएललाई तह लगाएको बताउदै नेता बस्नेतले साइवर आतंकबाट आफूहरूलाई क्षति पुर्याउने प्रयास गरिएपनि बिचलित नबन्ने बताउनुभयो । नेता बस्नेतले रवि लामिछाने र उनको पार्टी रास्वपाले साइबर वार गरिरहेको र झुटलाई सत्य तथा सत्यलाई छुट सावित गर्न लागिरहेको आरोप लगाउदै दुर्गा प्रसाई जस्ता व्यक्तिको हव्वामा उड्ने जमात सामाजिक सञ्जालको दुरुपयोगमा लागिरहेको बताउनुभयो । यस्ता गलत कर्यको प्रेस चौतारीमा आवद्ध पत्रकारले प्रतिवाद गर्दै सत्यको पक्षमा कलम चलाउनु पर्नेमा उहाँले जोड दिनुभयो ।

सामाजिक सञ्जालको दुरुपयोगले संगठित राजनीतिक पार्टी र त्यसका नेतालाई खासै क्षति नपुग्ने दाबी गर्दै उहाँले हावामा उडेर सामाजिक संजालमार्फत उदाएका पार्टी र नेतालाई नै कालान्तरमा यसले बढी क्षति पर्याउने बताउनुभयो ।

टाउँकोमा कफन बाधेर वाईसिएललाई तह लगाउने महेश बस्नेतकै कारण भक्तपुर देश विदेशमा चर्चामा आएको हो : प्रेस चौतारी अध्यक्ष गणेश बस्नेत

अधिवेशनमा प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेतले सामाजिक सञ्जाललाई मिडियाको संज्ञा दिनु गलत भएको भन्दै मिडिया र सामाजिक सञ्जाल फरक भएको यथार्थ बुझ्नु पर्ने बताउनुभयो ।

सामाजिक सञ्जाल नियमन सम्बन्धी बिधेयकले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको हनन नहुने बताउदै यसका दुरुपयोग गरेर देशका सद्भाव भड्काउने, जथाभावी गाली गलौज गर्ने, चरित्र हत्या गर्ने र जातजाती तथा धार्मिक सहिष्णुतामाथि खेलबाड गर्नेलाई कानूनी दायरामा ल्याउन बिधेयक आवश्यक रहेको बताउनुभयो ।

सरकारले ल्याएको विधेयकले सामाजिक सञ्जाललाई मर्यादित र ब्यवस्थित बनाउने बताउँदै उहाँले सञ्चार जगतले त्यसको स्वागत गर्नुपर्नेमा त्यसको वास्तविक यथार्थ नबुझी बिरोध गर्नु उचित नभएको बताउनुभयो । उहाँले देशमा वाईसिएलले आतंक मच्चाएर त्रसित बनाएर देश नै संकटमा परेको बेलामा टाउँकोमा कफन बाधेर मृत्युदेखि नडराई देशको लागि लड्ने योद्धा भक्तपुरका महेश बस्नेत नै हुन् भन्नुभयो ।

वाईसिएलको आतंकबाट देशलाई बचाउन केपी ओलीले आव्हान गर्दा तत्कालिन युवा संघका नेता महेश बस्नेतको नेतृत्वमा गठन भएको युथ फोर्सले माओवादीको आतंकबाट मात्रै नभई र्वासिएलको दबदबा र आतंकको अन्त्य गर्दै आमनागरिकलाई उन्मुक्ति दिने महेश बस्नेतकै कारण भक्तपुर देश विदेशमा चर्चामा आएको भन्दै यस्ता योद्धाले भक्तपुरको बिकासमा समेत फड्को मारेको उदाहरण सबैको आँखा अगाडि रहेको चर्चा गर्नभयो ।

कार्यक्रममा एमालेका केन्द्रीय सदस्य सोमप्रसाद मिश्रले पत्रकारले नकारात्मक मा नभई सकारात्मक सन्देश बोकेर देश र जनताको आवाजलाई सत्य मार्गमा लैजानु पर्ने औल्याउनुभयो । उहाँले आफूले चाँगुनारायण नगर प्रमुख रहँदा नेपाल पत्रकार महासंघ भक्तपुरको भवन बनाउन २५ लाख रुपैयाँ उपलब्ध गराएको स्मरण गर्दै उक्त भवन बन्न नसकेको प्रति दुःख ब्यक्त गर्नुभयो ।

कार्यक्रममा प्रेस चौतारीका केन्द्रीय सदस्य एवं भक्तपुर इन्चार्ज रमेश गिरीले संगठनलाई बलियो बनाएर लैजान सक्ने नेतृत्व आवश्यक रहेको बताउदै पद आगट्ने तर काम नगर्ने प्रबृत्तिको अन्त्य हुनुपर्ने बताउनुभयो । कार्यक्रममा जिल्ला अध्यक्ष वचन देउजा, जिल्ला सचिव विष्णु लामा, पार्टी प्रचार विभाग प्रमुख पुष्पराज बस्नेतलगायतको सहभागिता रहेको थियो ।

अधिवेशनको बन्द सत्रलाई सम्बोधन गर्दै नेकप (एमाले) भक्तपुर जिल्ला अध्यक्ष बचन देउजाले प्रेस चौतारी बलियो भए मात्रै नेपाल पत्रकार महासंघमा बलियो नेतृत्व स्थापित गर्न सकिने चर्चा गर्दै पत्रकार महासंघमा भक्तपुरबाट नेतृत्व गर्न सक्ने क्षमता भएपनि पछि परेको बताउनुभयो ।

पत्रकार महासंघको गत निर्वाचनमा पार्टीले निर्धारण गरेको व्यक्तिलाई सहज ढंगले उम्मेदवार बनाउन नसक्दा महत्वपूर्ण पदहरु गुमाउनु परेको स्मरण गराउँदै आगामी वर्षहरुमा महासंघको नेतृत्वमा चौतारी पुग्न सक्ने गरि संगठन बलिाये हुनुपर्ने बताउनुभयो ।

चौतारीले जिल्ला पार्टीको प्रचारमा ध्यान दिनु जरुरी रहेको औल्याउँदै पार्टी अध्यक्ष देउजाले नयाँ नेतृत्व चयन गरिरहदाँ आफ्नो तर्फबाट उम्मेदवार अघि सारेको हल्ला गलत भएको भन्दै सक्षम र संगठन बलियो बनाउन सक्ने नेतृत्व चयन गर्नु पर्नेमा जोड दिनुभयो ।

प्रेस चौतारीको तर्फबाट भने अध्यक्ष बस्नेतका अलावा केन्द्रीय उपाध्यक्ष गणेश पाण्डे, केन्द्रीय सदस्य एवं भक्तपुर इन्चार्ज रमेश गिरी, केन्द्रीय सदस्य मोहन पन्त, शिव बस्नेत, कविता अधिकारी, अन्जना सिल्पकार, उपत्यका प्रदेशबाट इन्चार्ज हेमराज सिलवाल, अध्यक्ष बिष्णु आचार्य, सचिव घनश्याम धमलालगायतका नेताहरु सहभागी रहेका थियो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ उपत्यका प्रदेश समितिका कोषाध्यक्ष संजीप घिमिरे शुभचिन्तक र भक्तपुर अध्यक्ष सुन्दर सिल्पकारले शुभकामना मन्तव्य दिन भएको थियो ।

 

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।