सरकारले ल्याएको सामाजिक सञ्जालसम्बन्धी विधेयक फिर्ता गर्न माग गर्दै आज काठमाडौँमा प्रदर्शन भएको छ।
आइतवार काठमाडौँको माइतीघर मण्डलामा अनलाइन टिभी पत्रकार संघ नेपालको अग्रसरतामा विधेयक फिर्ता लिन माग गर्दै विरोध प्रदर्शन गरिएको हो।
प्रदर्शनका क्रममा प्रदर्शनकारीहरुले ‘जनताको मुख नथुन’, ‘सरकारबाट झरेपछि तिमी आफैँ बोल्नुपर्छ’, ‘सरकारले मुख थुन्दैछ, लोकतन्त्र ह्याक हुँदैछ’, ‘सामाजिक सञ्जाल विधेयक, २०८१ नियमनको आवरणमा नियन्त्रण’, ‘सत्तामा हुँदा जनताको मुख थुन्छौ, विपक्षमा पुगेपछि तिमी आफैँ रुन्छौ’ लगायत प्लेकार्ड बोकेर प्रदर्शन गरेका छन्।