२७ माघ,काठमाडौं ।
जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले सरकारले ल्याएको अध्यादेशप्रति जसपा सकारात्मक रहेको तर पार्टी सरकारमा सहभागी हुने तरखरमा नरहेको बताएका छन्।
आइतवार सिंहदरबारमा बसेको जसपा संसदीय दलको बैठकपछि सञ्चारकर्मीसँग उनले अध्यादेशप्रति सकारात्मक भए पनि आफ्नो दल सरकारमा सामेल हुन लागेको होइन भनेर बताए।
उनले संसदबाट अध्यादेश पारित गर्न आफूहरुको कारणले नअड्किएको पनि बताए। पार्टीले अध्यादेशबारे धारणा बनाइरहेको र यसमा सकारात्मक र क्रिएटिभ रहेको उनको भनाइ छ।
देश र जनताको हितमा आफूहरुले निर्णय लिने उनले बताए। सरकारले संसदको कार्यसूचीमा राख्नासाथ पार्टीले निर्णय लिने उनले बताए।