कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकले डढेलोबाट हुनसक्ने क्षतिलाई न्यूनीकरण गर्न सम्बन्धित मन्त्रालयलाई निर्देशन दिएको छ ।
समितिको आइतबार बसेको बैठकले डढेलो नियन्त्रण गर्न तथा डढेलोबाट हुने जनधनको क्षति न्यूनीकरण गर्ने आपसी समन्वय गरी एकीकृत कार्यसम्पादन गर्न गृह र वन तथा वातावरण मन्त्रालयलाई समितिले निर्देशन दिएको छ ।१५ दिनभित्र कार्ययोजना बनाई एकिकृत रूपमा कार्यान्वयन दुई मन्त्रालयलाई समितिले निर्देशन दिएको छ ।तालिम प्राप्त जनशक्ति र आवश्यक उपकरणको पर्याप्त व्यवस्था गरी परिचालन गर्ने व्यवस्था मिलाउन र वन जंगलमा डढेलो लगाउने जो कोहीलाई पनि कडाभन्दा कडा कारबाही गर्न समितिले निर्देशन दिएको हो ।समितिले प्लास्टिकमुक्त देश बनाउन आगामी वैशाखदेखि काठमाडौं उपत्यकाबाट आवश्यक तयारी गर्न गृह, अर्थ र वन तथा वातावरण मन्त्रालयलाई निर्देशन दिएको छ ।
सुक्खा मौसमको समयमा जंगलहरूमा डढेलोको प्रकोप बढ्ने र डढेलो नियन्त्रणमा संलग्न व्यक्तिहरूको मृत्यु समेत हुने सक्ने हुँदा पूर्व सावधानी अपनाउन समितिले निर्देशन दिएको छ ।