हामीसँग जोडिनुहोस

रवि लामिछाने सहित चार जनालाई थुनामै राख्न माग गर्दै उच्च अदालत पाटनमा निवेदन दर्ता

1 मिनेट
२७ माघ, काठमाडौं ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसहित चार जनालाई पुर्पक्षका लागि धरौटीमा छाड्ने आदेश बदर गरी थुनामा राख्न मागसहित उच्‍च अदालत पाटनमा निवेदन दायर भएको छ।

काठमाडौंको कालिमाटीस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारीको बचत रकम अपचलनको कसुरमा धरौटीमा छाड्ने आदेश त्रुटिपूर्ण रहेको भन्दै उच्च सरकारी वकिलले आइतबार उच्च अदालत पाटनमा निवेदन दायर गरेको हो।

रवि लामिछानेसहित निवर्तमान लेखा समिति सदस्य सुनिता नेवा, वर्तमान कर्जा उपसमिति सदस्य कमल लामा र गोर्खा मिडिया नेटवर्क प्रालिका पूर्वसञ्चालक छविलाल जोशीविरूद्ध निवेदन दायर भएको हो।

जिल्ला अदालत काठमाडौंले रविलामिछानेसँग ६० लाख, छविलालसँग ५० लाख, सुनिता नेवासँग ४ लाख र कमल लामासँग ३ लाख धरौटी माग गरेको थियो। उनीहरू उक्त धरौटी तिरेर छुटिसकेका छन्।

उच्च सरकारी वकिल स्रोतका अनुसार २९ पाने निवेदन दर्ता भएको छ।

वकिलले निवेदन दिँदा विभिन्न प्रमाणहरूले गर्दा सहकारी ठगी र संगठित अपराध पुष्टि हुने उल्लेख गरेको छ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।