हामीसँग जोडिनुहोस

नेपालमा पछिल्लो ६ महिनामा अनलाइन ठगीका १० हजार सात सय भन्दा धेरै उजुरी दर्ता

1 मिनेट

काठमाण्डौ,१ फागुन ।

नेपालमा पछिल्लो ६ महिनामा अनलाइन ठगीका १० हजार सात सय वटाभन्दा धेरै उजुरी दर्ता भएका छन् । साउनदेखि पुस मसान्तसम्म दर्ता भएका उजुरीमा ६२ करोड रुपैयाँभन्दा धेरै ठगी दाबी भएको नेपाल प्रहरीको साइबर ब्युरोको तथ्याङ्क छ ।

साइबर ठगीसम्बन्धी घटनाहरू साइबर ब्युरोमै दर्ता गर्नुपर्ने भएकोले सानातिना ठगीका घटनाहरू प्रहरीसम्म पुग्दैनन् । अघिल्लो आर्थिक वर्षमा अनलाइन ठगीका १९ हजार सात सय ३० वटा उजुरी दर्ता भएका थिए । सबैजसो ठगीको शुरुआत सामाजिक सञ्जालबाट भएको पाइएको ब्युराेका प्रवक्ता एवम् प्रहरी उपरीक्षक दीपकराज अवस्थी बताउनुहुन्छ ।

धेरैजसो घटना सामाजिक सञ्जालमा राखेका विज्ञापनमा लोभिएर हुन्छ । कतिपयले भाइबर, ह्वाट्सएप लगायतमा सन्देश पठाएर ठगी गर्छन् । साइबर ब्युरोको तथ्याङ्कानुसार चिट्ठा वा उपहारको बहानामा हुने ठगी धेरै छ ।

यस्तै भाडामा सस्तो मूल्यमा कोठा वा फ्ल्याट दिलाइदिन्छु भन्दै रकम लिएर सम्पर्कविहीन हुने घटना पनि धेरै छ । अनलाइनमार्फत सामान खरिद गर्दा अग्रिम भुक्तानी गर्न लगाउने र रकम पाएपछि सम्पर्कविहीन भएका घटना पनि छन् । अनलाइन किनमेलमा कतिपयले नागरिकता लगायतका कागजपत्र मागेर पछि दुरुपयोग गरेको पनि पाइन्छ ।

यस्तै आफ्नो सम्पत्ति सम्हाल्ने कोही पनि नभएको भन्दै उत्तराधिकारी बन्न आग्रह गर्ने र कर वा खर्च भन्दै रकम लिएर सम्पर्कविहीन हुने घटना पनि छन् । कतिपयले आकर्षक रोजगारीको प्रलोभन देखाएर रकम ठगेका पाइन्छ । ‘वान टाइम पासवर्ड’ (ओटीपी) मागेर बैंक खाता वा मोबाइल वालेट ह्याक गरेर ठग्ने घटना पनि भएका छन् ।

महिलाको आकर्षक तस्वीर प्रयोग गरेका ह्वाट्सएपबाट भिडिओ कल गरी अन्तरङ्ग तस्वीर वा भिडियो लिएर साथी वा आफन्तलाई पठाउने धम्की दिएर पैसा असूल्ने घटना पनि उत्तिकै हुने गरेका छन् ।

 

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।