हामीसँग जोडिनुहोस
Latest
आइतवार, माघ १२, २०८२

ललितपुरको ढोलाहिटीमा एक दिने ललितपुर महिला फुटसल प्रतियोगिता हुने

1 मिनेट

५ फागुन,काठमाडौँ ।

ललितपुरको ढोलाहिटीमा बुधबार एक दिने ललितपुर महिला फुटसल प्रतियोगिता हुने भएको छ।

राष्ट्रिय युवा संघ नेपाल ललितपुर जिल्ला समितिको आयोजनामा हुने प्रतियोगितामा जिल्लाका विभिन्न क्लब र एकेडेमीबीच प्रतिस्पर्धा हुने समिति अध्यक्ष आरबी शर्माले जानकारी दिए।उनका अनुसार फागुन ११ गतेबाट सुरु हुने तेस्रो संस्करणको केपी ओली कप फुटबल प्रतियोगिताको जानकारी दिने उद्देश्यले ढोलाहिटीको विनायक स्र्पोट्स कम्प्लेक्समा महिला फुटसल प्रतियोगिता आयोजना गर्न लागिएको हो।

महिला फुटसल प्रतियोगितामा सैंबुको प्रगती युथ क्लब, एम्बेस्डर फुटबल क्लब, ललितपुर फुटबल एकेडेमी, हरिसिद्धी स्र्पोट्स क्लब, पुष्पाञ्जली फुटसल एकेडेमीले प्रतिस्पर्धा गर्ने उनले बताए।

विजेताले २० हजार तथा उपविजेताले १० हजार नगद पाउनेछन्।​राष्ट्रिय युवा संघ नेपालको आयोजनामा यही फागुन ११ गतेबाट तेस्रो संस्करणको केपी ओली कप फुटबल प्रतियोगिता सुरु हुँदैछ। १९ गतेसम्म हुने प्रतियोगितामा ए डिभिजन क्लब र विदेशी क्लब गरी १० टोलीको सहभागिता हुने युवा संघले जनाएको छ।

प्रतियोगिताको क्वाटरफाइनलसम्मका खेलहरू सातदोबाटोस्थपत एन्फा कम्प्लेक्समा खेलाइने र सेमिफाइनल तथा फाइनल खेल दशरथ रंगशालामा खेलाइने आयोजक राष्ट्रिय युवा संघ नेपालका अध्यक्ष क्षितिज थेवेले जानकारी दिए।

प्रतियोगिताको विजेताले नगद १५ लाख ११ हजार १११ रुपैयाँ प्राप्त गर्नेछन् भने उपविजेताले ५ लाख पाउनेछन्।

यसैगरी प्रतियोगिताको उत्कृष्ट खेलाडीले नगद १ लाख, उत्कृष्ट गोलकिपर र सर्वाधिक गोलकर्तालाई समान ५० हजार तथा उत्कृष्ट उदीयमान खेलाडीलाई पनि ५० हजार रुपैयाँ प्रदान गरिने उनले बताए।

हरेक खेलको विजेता टिमलाई २५ हजार तथा हरेक खेलका उत्कृष्ट खेलाडीलाई १५ हजार प्रदान गरिनेछ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2026 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।