हामीसँग जोडिनुहोस

देश संकटमा परेको भन्दै पूर्व राजा ज्ञानेन्द शाहद्धारा आफूलाई साथ दिन नागरिकसंग आव्हान

1 मिनेट

काठमाडौं, ६ फागुन । पूर्वराजा ज्ञानेन्द्र शाहले देशको समृद्धि र उन्नतिका लागि आफूलाई साथ दिन आह्वान गरेका छन् । सोमबार प्रजातन्त्र दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले राष्ट्र रक्षाका निम्ति आफूलाई साथ दिन आह्वान गरेका हुन् ।

‘देशका निम्ति र राष्ट्रका खाँतिर हाम्रो समर्पण निष्ठा सधैँ हुनेछ । राष्ट्र रक्षाका निम्ति सबैको अनुशासन र इमानदार प्रयत्न हुनुपर्दछ । हामीले पहिले पनि राष्ट्रिय समस्या सुल्झियोस् भनेर त्याग गरेका हौँ । अब नेपालको उन्नतिको लागि हामीबाट अरू के–के त्याग गर्नुपर्ने हो हामी तयार छौँ,’ पूर्वराजा शाहले भिडियो सन्देशमा भनेका छन्, ‘अब समय आयो, राष्ट्र जोगाउने हो भने, राष्ट्रिय एकता कायम राख्ने हो भने, देशको समृद्धि र उन्नतिका निमित्त हामीलाई साथ दिन सबै देशवासीलाई आह्वान गर्दछौँ ।’

देशमा कुनै संकट नआओस् भनेर उदारता राख्दै आफूले त्याग गरेको उनले स्मरण गराएका छन् । उनले उक्त त्यागलाई कमजोरीको रूपमा नलिन पनि चेतावनी दिएका छन् ।

‘हाम्रो यो नेपाल देशभक्त पुर्खाहरूले फलाएको र फुलाएको सुन्दर राष्ट्र हो । यो राष्ट्रमा कुनै संकट नआओस् भन्ने हाम्रो परिकल्पना हो । त्यसैले राष्ट्रको हितमा हामीले उदारता राख्दै आयौँ । त्यति मात्रै होइन, हामीले जनताको भलो होस् भनेर आफ्नो ओहदा, सुख सुविधालाई पनि त्याग गरेका हौँ । त्यागले कसैको कद सानो हुने होइन । त्यस्तो भाव कसैले पनि कमजोरी ठान्नु हुँदैन । कतै कुनै पन पक्ष नगरी सबैलाई समेटेर जाने हाम्रो अभिलाषा हो । हाम्रो त्यागको अर्थ, आशय पनि त्यही नै हो,’ पूर्वाराजा शाहले भनेका छन् ।


ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।