हामीसँग जोडिनुहोस

सरकारले प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार–२०८१ प्रदान गर्ने

1 मिनेट
sf7df8f}F, & kmfu’gM k|hftGq lbj; d”n ;df/f]xdf /fi6«klt kf}8]n /fi6«klt /fdrGb| kf}8]n /fli6«o k|hftGq lbj;,@)*! sf cj;/df d”n;df/f]x ;ldltn] g]kfnL ;}lgs d~r 6’Fl8v]ndf cfh cfof]hgf u/]sf] ljz]if ;df/f]xdf ;l/s x’g’x’Fb}. tl:a/ ;f}hGoM k|wfgdGqLsf] ;lrjfno/÷/f;;

७ फागुन,काठमाडौं ।

सरकारले शान्ति, सुशासन, नवप्रवर्तन, वैज्ञानिक खोज, अनुसन्धान तथा विकासको क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याउने प्रतिभाशाली नागरिकलाई प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार–२०८१ प्रदान गर्ने भएको छ। राष्ट्रिय प्रजातन्त्र दिवस २०८१ का अवसरमा आज सैनिकमञ्च टुँडिखेलमा आयोजित मूल समारोहमा उक्त पुरस्कारको घोषणा गरिएको हो। टेलिमेडिसिन क्षेत्रतर्फ डा छिरिङ लामा सिन्धुपाल्चोक, विज्ञान प्रविधि नवप्रवर्तनतर्फ डा विराजसिंह थापा मोरङ, कीर्तिमानी पर्वतारोही पूर्णिमा श्रेष्ठ गोरखा, विज्ञान प्रविधितर्फ आभाष मास्के काठमाडौँ र हरिराम श्रेष्ठ गोरखाले पुरस्कृत घोषित भएका छन्।

यस्तै, चिकित्सा क्षेत्रतर्फ डा ओम मूर्ति अनिल महोत्तरी, खेलकुदतर्फ सावित्रा भण्डारी लमजुङ, सम्पदा संरक्षणतर्फ रवीन्द्र पुरी भक्तपुर, मानवसेवा तथा समाजसेवातर्फ दिलशोभा श्रेष्ठ काठमाडौँ र रामजी अधिकारी गोरखा पुरस्कृत भएका छन्।

पुरस्कृत व्यक्तित्वलाई विशेष समारोह आयोजना गरी पुरस्कार प्रदान गरिनेछ। नवप्रवर्तन क्षेत्रका प्रतिभावान नागरिकलाई प्रोत्साहन गर्ने प्रयोजनका लागि २०७५ मङ्सिर १७ गतेको मन्त्रिपरिषद् बैठकले उक्त पुरस्कार स्थापना गर्ने निर्णय गरेको थियो।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई कोरिया सरकारबाट प्राप्त एक लाख अमेरिकी डलरमा नेपाल सरकारबाट रु एक करोड थप गरी प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार कोष स्थापना भएको थियो।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।