
काठमाडौं,८ फागुन ।

पोखरा भ्रमण वर्ष २०२५’ को औपचारिक घोषणा समारोहका क्रममा बेलुन पड्किँदा घाइते भएका पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य डिस्चार्ज भएका छन् ।
काठमाडौँको किर्तिपुर अस्पतालमा उपचाररत उनी बिहीबार डिस्चार्ज भएका हुन् । सोही घटनामा घाइते भएका अर्थमन्त्री विष्णु पौडेल भने तीन दिनअघि नै डिस्चार्ज भएका थिए ।
एक विज्ञप्ति जारी गर्दै आचार्यले उपचारमा संलग्न सबैप्रति आभार व्यक्त गरेका छन् । उनले यस कठिन समयमा स्वास्थ्यलाभको कामना गर्दै आत्मीय स्नेह, आशीर्वाद र हौसला प्रदान गर्ने राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख, प्रधानन्यायाधीश, पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर देउवा, माधवकुमार नेपाल, झलनाथ खनालसहित सबैप्रति धन्यवाद व्यक्त गरेका छन् ।
Related

अन्य समाचार
नेमकिपाले ५९ जिल्लाको १२० निर्वाचन क्षेत्रमा दियो उम्मेदवारी, ५३ महिला उम्मेदवार
भक्तपुरका दुई निर्वाचन क्षेत्रमा ५७ जनाको उम्मेदवारी, क्षेत्र नं. १ मा प्रेम सुवाल र क्षेत्र नं. २ महेश बस्नेत पुरानै अनुहार दोहरिए
स्वास्थ्य मन्त्री किरण थापादेखि स्वास्थ्य सचिव डा. गौतमसम्मका अथक प्रयास सफल : प्रदेश सरकारको ६२ करोड लागतमा बन्दै सुविधा सम्पन्न अस्पताल





