११ फागुन, काठमाडौं ।
राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एनप्याब्सन)को ८ औँ राष्ट्रिय महाधिवेशन फागुन १६ र १७ गते हुने भएको छ।एनप्याब्सनले आज (आइतवार) पत्रकार सम्मेलन गरि उक्त महाधिवेशन काठमाडौँमा हुने जानकारी दिएको हो।
एनप्याब्सनले विधानअनुसार राष्ट्रिय महाधिवेशन आयोजक समिति गठन गरेको जनाएको छ।
महाधिवेशनको लागि अहिले सदस्यता नवीकरण तथा प्रमाणीकरणको काम भइरहेको एनप्याब्सनले जनाएको छ।