हामीसँग जोडिनुहोस

देश र जनताको हितमा काम गर्न नसक्ने दलहरु राजा जत्तिकै दोषी छन् : नारायणमान बिजुक्छेँ (रोहित)

2 मिनेट
भक्तपुर, १६ फागन । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित)ले नेपाल मजदुर किसान पार्टी बाहेकका सत्ताधारी दलहरुले देश र जनताको हितमा कुनै काम गर्न नसकेको बताउनु भएको छ । नेपाल मजदुर किसान पार्टीको आठौं महाधिवेशनको आज भक्तपुरको सल्लाघारीमा उद्घाटन गर्र्दै उहाँले प्रजातन्त्र र लोकतन्त्रको आगमन पछि सत्तामा गएका दलहरुले देश र जनताको पक्षमा काम गर्न नसकेको बताउनु भएको हो ।
उहाँले नेपाल मजदुर किसान पार्टी मात्रै अहिलेसम्म सत्तामा नगएको र देश र जनताको पक्षमा आवाज उठाउदै आएको बताउदै उहाँले अरु दल निहित स्वार्थमा लिप्त भएको बताउनु भयो ।
उहाँले प्रजातन्त्र र लोकतन्त्र आएपछि सत्तामा पुगेका दलहरु राजा जत्तिकै दोषी रहेको भन्दै उहाँले अब समाजवादी क्रान्तिको आवश्यक रहेको औल्याउनुभयो ।
देश र जनताको हितमा काम गर्ने पार्टी नेमकिपा मात्रै रहेको बताउदै उहाँले देश र जनताको हितमा काम गर्न समाजबादी व्यवस्था आवश्यक भएकाले त्यसका लागि नेमकिपा लडिरहेको बताउनुभयो ।
प्रजातन्त्रको जग स्थानीय तह भएको बताउदै अध्यक्ष बिजुक्छेँले स्थानीइ तहलाई अधिकार प्रत्यायोजन गरे आफ्नो जनताको लागि आफै निर्णय गर्दै काम गर्न सक्ने बताउनुभयो । उहाँले भक्तपुर नगरपालिकाले बिश्व विद्यालय सञ्चालनको स्वीकत गर्न माग गरेको वर्षै बितेपनि जनताको बिरोधी तत्वले विश्व विद्यालय नदिन बिरोध गरिरहेको बताउनुभयो ।
कार्यक्रममा पार्टी सचिव एवं संघीय सांसद् प्रेम सुवाल, केन्द्रिय सदस्य सुनिल प्रजापतिलगायतका वक्ताहरुले देशमा धेरै कम्युनिष्ट पार्टीहरु रहेको भएपनि सिद्धान्तत सच्चा कम्युनिष्ट पार्टी बन्न नसकेको आरोप लगाउनु भयो ।
फागुन १९ गतेसम्म चल्ने महाधिवेशनमा ५० जिल्लाबाट ४०० जना प्रतिनिधि एवं पर्यवेक्षकको सहभागिता रहेको बताउनुभयो । उद्घाटन अघि काठमाडौं कोटेश्वर, भक्तपुरका बोडे, सूर्यविनायक, कमलविनायकलगायत बिभिन्न ठाउँबाट र्याली, झाकी तथा साँस्कृतिक कार्यक्रम निस्केर उद्घाटन स्थल पगेको थियो ।
विक्रम संवत् २०३१ साल माघ १० गते पार्टीको स्थापना नेमकिपाको पहिलो महाधिवेशन २०४७ सालमा भैरहवामा, दोस्रो सम्मेलन २०५१ असोज ३ र ४ भक्तपुरमा, तेस्रो सम्मेलन २०५५ माघ १२, १४ र १५ भक्तपुरमा, चौथो महाधिवेशन २०६० भदौ ११, १२ र १३ भक्तपुरमा, पाँचौँ महाधिवेशन २०६५ भदौ ६,७ र ८ काठमाडौँमा, छैटौँ महाधिवेशन २०७० चैत २१,२२,२३ र २४ काठमाडौँमा, सातौँ महाधिवेशन २०७६ असोज ३,४ र ५ गते भक्तपुरमा सम्पन्न भएको थियो ।
सातौँ महाधिवेशनसम्ममा पार्टी संस्थापक अध्यक्ष नारायणमान बिजुक्छे (रोहित)लाई नै सर्वसम्मत अध्यक्ष चुन्दै आएकोमा आठौँ महाधिवेशनबाट पनि अध्यक्षमा ८५ वर्षीय बिजुक्छेँलाई अध्यक्षमा चन्ने संकेत रहेको बताइएको छ ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।