हामीसँग जोडिनुहोस

जब राताम्मे बनेर एमालेको लर्को चाँगुबाट नगरकोट लम्कियो…………….(फोटो फिचर)

चाँगु–नगरकोट पदयात्रा–२०८१ सम्पन्न, हजारौको सहभागिता

4 मिनेट
-रमेश गिरी
भक्तपुर, १६ फागुन : टाउँकोमा रातो क्याप, सूय अंकित सेता टिसर्ट, हातहातमा नेपाल र एमालेका झण्डा बोकेका मानिसको लर्को । कोही गीतको तालमा नाच्दै एमालेको जाँगरण छर्दै त कोही नारा लगाउँदै जब एमालेले चाँगुनारायणबाट नगरकोटसम्मको १५ किलोमिटर लामो पदयात्राको सुरु गर्यो, अब हौसिएको मानवीय लर्को नगरकोट पुगेर बिश्राम दिाँ बाटेमो गरिएका स्वागत र स्थानीयको उत्सुकताले एमालेलाई जनतामाझ फेरी उभ्यायो ।
स्थानीय कतिपयलाई एमालेको लर्को देख्दा चुनाव आएको झल्को लाग्यो, कयौलाई एमालेसंगै बिकासको लर्को आएको झल्को आयो । एमालेको जरा अभियानको लक्ष्य होस कि नगरकोट भ्रमण वर्षको प्रचारसंगै पर्यटन बिकासमा पुग्ने टेवा किन नहोस जनतासंग प्रतक्ष्य जोडिएर एमाले फेरी गाउँ पस्यो ।  यी दृश्य हुन् नेकपा एमाले भक्तपुर जिल्ला कमिटी नागरिक उड्यान तथा पर्यटन विभागले आज आयोजना गरेको १५ किलोमिटर लामो चाँगु–नगरकोट पदयात्राको हो ।
नेकपा एमालेको तीन महिने जरा अभियान तथा आगामी बैशाख १ गतेदेखि सञ्चालन गर्ने नगरकोट भ्रमण वर्ष २०८२ को प्रर्वद्धन गर्दै पर्यटन क्षेत्रको विकास एवं आर्थिक उन्नतीको उदेश्यले आयोजना गरी चाँगुनारायणबाट सुरु भएको पदयात्रा अन्तत  नगरकोटमा गएर सम्पन्न भएको छ । नेकपा एमालेका पोलिटव्यूरो सदस्य एवं भक्तपुर ईन्चार्ज महेश बस्नेतले पदयात्राको उद्घाटन गर्दै राजनीतिमा प्रतिस्पर्धा भएपनि विकासमा सबै पार्टी एकताबद्ध भएर लाग्नु पर्ने बताउनुभ भयो ।
उहाँले यसअघि चाँगुनारायणमा नगरप्रमुख सोम मिश्र र अहिलेको नगर प्रमुख जीवन खत्रीको नेतृत्वमा भएको बिकास कार्यलाई जनताले मूल्यांकन गर्नुपर्ने बताउदै सबै मिलेर बिकासमा एक्यबद्धता जनाउन सके बिकासले फड्को मार्ने औल्याउनुभयो । नगरकोट भ्रमण वर्ष सफल पार्न सबै निकाय जिम्मेवार भएर लाग्नु पर्ने बताउदै पदयात्राले पर्यटकलाई नगरकोट आउँन आकर्षित गर्ने बताउनुभयो ।
कार्यक्रममा नेकपा एमाले भक्तपुर जिल्ला कमिटी अध्यक्ष बचन देउजाले नेकपा एमालेको जिल्ला केन्द्रीत तीन महिने अभियान अन्तर्गत र नगरकोट भ्रमण वर्ष २०८२ लाई सफल पार्न चाँगु–नगरकोट पदयात्रा आयोजना गरेको बताउनुभयो । उहाँले पर्यटनको बिकास गर्न सके मात्रै आर्थिक बिकास हुने भन्दै पर्यटकको लामा बसाई बसाल्न पदयात्रा उपलब्धीमूलक हुने बताउनुभयो ।
उद्घाटन पछि चाँगुनारायण वडा नं. ४ कार्यालय चौैरबाट बिहान ८ बजे सुरु भएको पदयात्रा हजार सिढीँ, चाँगुनारायण मन्दिर, न्याचा पौवा, शान्ति पार्क, त्रिशुल डाँडा, तेलकाट, जालपादेवी मन्दिर, स्याउली बजार, डाँडा टोल, पिपल बोट, लामा टोल, सनराईज, ओमशान्ति मार्ग, गडगडे, लामिडाँडा हुदै भट्टेडाँडा नगरकोट पुगेर अपरान्ह सम्पन्न भएको हो ।
पदयात्रा समापन गर्दै नेकपा एमाले भक्तपुर जिल्ला उपाध्यक्ष एवं वागमति प्रदेश स्वास्थ्य मन्त्री किरण थापाले पर्यटनको बिकास गर्न सके आर्थिक बिकासमा फड्को मार्ने बताउदै पर्यटनको बिकासमा सबैले टेवा दिनु पर्ने औल्याउनुभयो । नेकपा एमाले जिल्ला अध्यष देउजाले स्थानीय पर्यटनको बिकास गर्दै रोजगारी अवसर सृजना गर्ने अभियानको रुपमा पनि पदयात्रा सुरु भएर सम्पन्न भएको बताउनुभयो । यस्ता कार्यक्रमले पर्यटनको बिकासमा टेवा पुग्ने उहाँले बताउनुभो ।
पदयात्रामा नेकपा एमालेका केन्द्रीय सदस्य सोम मिश्र, जिल्ला पदाधिकारीहरु लगायत १००० भन्दा बढीको सहभागिता रहेको एमाले जिल्ला प्रचार प्रसार समितिका संयोजक पुष्पराज बस्नेतले जानकारी दिनुभयो ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।