हामीसँग जोडिनुहोस

राष्ट्रियसभाबाट एउटा विधेयक पारित, तीन विधेयक पुनः पारित

1 मिनेट

१८ फागुन,काठमाडौँ ।

राष्ट्रियसभाको आइतबार बसेको बैठकले एउटा विधेयक पारित गरेको छ । तीन विधेयक पुनः पारित गरेको छ । समग्रमा राष्ट्रियसभामाबाट आज चार विधेयक पारित भएका छन् ।

बैठकले राष्ट्रियसभामै उत्पति भएको नेपाल कानुन व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक पारित गरेको छ । अब यो विधेयक प्रतिनिधिसभामा पठाइनेछ ।  राष्ट्रियसभाले पहिला सभामै उत्पत्ति भएर पारित गर्दै प्रतिनिधिसभामा पठाएका तीन विधेयक प्रतिनिधिसभाले पारित गरेर पठाएपछि पुनः पारित गरेको छ ।

भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक र विधायन सम्बन्धी विधेयक आजको राष्ट्रियसभा बैठकले पुनः पारित गरेको हो ।  यी विधेयक अब राष्ट्रपतिले प्रमाणीकरण गरेपछि ऐनका रुपमा कानुन बनेर लागू हुनेछन् ।

 

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।