हामीसँग जोडिनुहोस

राष्ट्रियसभाबाट एउटा विधेयक पारित, तीन विधेयक पुनः पारित

1 मिनेट

१८ फागुन,काठमाडौँ ।

राष्ट्रियसभाको आइतबार बसेको बैठकले एउटा विधेयक पारित गरेको छ । तीन विधेयक पुनः पारित गरेको छ । समग्रमा राष्ट्रियसभामाबाट आज चार विधेयक पारित भएका छन् ।

बैठकले राष्ट्रियसभामै उत्पति भएको नेपाल कानुन व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक पारित गरेको छ । अब यो विधेयक प्रतिनिधिसभामा पठाइनेछ ।  राष्ट्रियसभाले पहिला सभामै उत्पत्ति भएर पारित गर्दै प्रतिनिधिसभामा पठाएका तीन विधेयक प्रतिनिधिसभाले पारित गरेर पठाएपछि पुनः पारित गरेको छ ।

भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक र विधायन सम्बन्धी विधेयक आजको राष्ट्रियसभा बैठकले पुनः पारित गरेको हो ।  यी विधेयक अब राष्ट्रपतिले प्रमाणीकरण गरेपछि ऐनका रुपमा कानुन बनेर लागू हुनेछन् ।

 

ट्रेण्डिङ