हामीसँग जोडिनुहोस

केयुको  उपकुलपति सिफारिसका लागि दबाब दिन आन्दोलन घोषणा

1 मिनेट

काठमाडौँ,१९ फागुन।

काठमाडौं विश्वविद्यालय प्राध्यापक संघले काठमाडौं विश्वविद्यालय (केयु)को  उपकुलपति सिफारिसका लागि दबाब दिन आन्दोलन घोषणा गरेको छ। संघले विज्ञप्ति जारी गर्दै आन्दोलन घोषणा गरेको हो।

संघले काठमाडौं विश्वविद्यालयमा शीघ्र उपकुलपति नियुक्ति हुनु अनिवार्य देखिएको पनि जनाएको छ। ‘काठमाडौं विश्वविद्यालय सरकारको पूर्ण अनुदानमा सञ्चालन नभई आफ्नै स्रोत साधनबाट आर्थिक व्यवस्थापन गर्दै आत्मनिर्भर हुनेगरी सञ्चालित विश्वविद्यालय हो,’विज्ञप्तिमा भनिएको छ,‘यस अवस्थामा, विश्वविद्यालयलाई दिगो रूपमा सञ्चालन गर्न क्षमतावान नेतृत्व अपरिहार्य छ। तर, २०८१ माघ ६ गतेबाट उपकुलपति पद रिक्त रहेको र उपकुलपतिको मातहतमा रहने कार्यकारी परिषद् पनि निष्क्रिय हुने हुँदा विश्वविद्यालयका नियमित शैक्षिक गतिविधिहरू यथावत् रहे पनि दीर्घकालीन रूपमा गम्भीर असर पर्न सक्ने देखिएको छ।’

संघका अनुसार यसै सन्दर्भमा २०८१ फाल्गुण १८ गते प्रकाशित विज्ञप्तिमार्फत काठमाडौं विश्वविद्यालय प्राध्यापक संघले तीन दिन भित्र आवश्यक प्रक्रिया टुङ्ग्याई उच्च प्राज्ञिक क्षमता भएको व्यक्तिलाई नयाँ उपकुलपति नियुक्त गर्न सार्वजनिक अपिल गरेको थियौँ।

‘तथापि आजको मितिसम्म पनि नयाँ उपकुलपति नियुक्त नभएकाले यस प्राध्यापक संघ सात दिनका लागि पहिलो चरणमा शान्तिपूर्ण दबाब कार्यक्रमसहित आन्दोलनको घोषणा गर्दछ, यदि यस सात दिने अवधिमा पनि विश्वविद्यालयको नयाँ उपकुलपति खोज तथा सिफारिस समितिबाट छनोट प्रक्रिया टुंगोमा नपुगेमा तत्काल आवश्यक पहल गरी उपयुक्त निर्णय लिन सम्माननीय कुलपति तथा सहकुलपतिसमक्ष हार्दिक अपिल गर्दछौं, यस समयसीमा भित्र पनि उपकुलपति नियुक्त नभएमा प्राध्यापक संघ अर्को चरणको दबाबमूलक आन्दोलन घोषणा गर्न बाध्य हुनेछ,’विज्ञप्तिमा उल्लेख छ।

सिफारिस समितिले छनोटको प्रक्रिया सकिएर पनि समितिका सदस्यहरूबीच कसको नाम सिफारिस गर्ने भन्नेमा मतभेद देखिएपछि हालसम्म सिफारिस हुन सकेको छैन।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।