हामीसँग जोडिनुहोस

नेमकिपाको अध्यक्षमा नारायणमान बिजुक्छेँ (रोहित) सर्वसम्मतले निर्वाचित 

साथीहरुले पार्टी सम्हाल्ने जिम्मेवारी फेरी मलाई दिनुभयो : अध्यक्ष बिजुक्छेँ

3 मिनेट
=============================================
बिजुक्छेँले भन्नुभयो, “साथीहरुले मलाई पार्टी सम्हाल्ने जिम्मेवरी पुन दिनु भएको छ । साथीहरुले नयाँ नयाँ साथीहरुलाई अरु ठाउँमा जिम्मेवारी दिने र तपाई पार्टी सम्हाल्ने भनेर फेरी पार्टी सम्हाल्ने जिम्मेवारी मलाई दिनुभयो । २०१४ सालदेखि राजनीीतमा लागे । जहिलेसम्म सकिन्छ त्यही बेलासम्म निःस्वार्थ भावनाले देश र जनताप्रति समर्पित भएर देश र जनताको सेवा  गर्छु ।”
==============================================
भक्तपुर, २० फागन : नेपाल मजदुर किसान पार्टीको आज सम्पन्न आठौं महाधिवेशनले पार्टी अध्यक्षमा नारायणमान बिजुक्छेँ (रोहित)ले को अध्यक्षतामा ३३ सदस्यीय केन्द्रीय कार्यसमिति सर्वसम्मत चयन गरेको छ ।
पार्टी स्थापनाकालदेखि अध्यक्ष हुदै आउनु भएका ८५ वर्षीय बिजुक्छँलाई फागुन १६ देखि सुरु भएर आज सम्पन्न आठौ महाधिवेशनले पुनः अध्यक्षमा निर्विरोध चयन गरेको हो । महाधिवेशनले पार्टीको केन्द्रीय सचिवमा प्रेम सुवाल र कोषाध्यक्ष मोहनप्रसाद प्रजापतिहित केन्द्रीय सदस्यहरुलाई सर्वसम्मत चयन गरेको छ ।
नेमकिपाको केन्द्रीय सदस्यहरुमा सुनिल प्रजापति, नन्दवहादुर शाही, डिल्लीप्रसाद काफ्ले, नगराज कोइराला, जग्यबहादुर शाही, नारायण महर्जन, सराजेराज गोसाई, उकेश कवां, सनकमान महर्जन, खगेन्द्रबहादुर शाही, कृष्णकुमार बैद्य, सुरेन्द्रराज गोसाई, रवीन्द्र ज्याख्व, अनुराधा थापामगर, कमलमैयाँं सुवाल, हरिसुन्दर बासी, राजवीर डंगोल, सृजना सैंजू, सरोजकुमार शाह, कृष्णबहादुर तामाङ्ग, मुक्ति यादव, योगेन्द्रमान विजुक्छें, बखत थापा, रमेशकुमार रावल, केशेन्द्रप्रकाश कार्की, खड्गराज शाहीलाई सर्वसम्मत केन्द्रीय सदस्य चयन गरेको छ ।
केन्द्रीय समितिमा मञ्जु चौधरी, विनोद विक, तुल्सी खड्का र प्रकाश गुरुङ्गलाई बैकल्पिक केन्द्रीय सदस्यहरु चयन गरेको छ । त्यस्तै महाधिवेशनले सात प्रदेशमा सात जना संयोजकहरुसहित प्रदेश कायैसमति समेत सर्वसम्मत चयन गरेको छ ।
महाधिवेशनले कोशी प्रदेशमा उकेश कवां, मधेश प्रदेशमा सुनिल प्रजापति, वागमति प्रदेशमा प्रेम सुवाल, गण्डकी प्रदेशमा डिल्लीप्रसाद काफ्ले, लुम्विनी प्रदेशमा हरिसुन्दर बासी, कर्णाली प्रदेशमा सरोजराज गोसाई र सुदुरपश्चिम प्रदेशमा नवराज कोइरालाको संयोजकत्वमा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ । महाधिवेशनमा ५० जिल्लाहरुबाट करिव तीन सय ५० प्रतिनिधि एवं पर्यवेक्षकहरु सहभागी भएको केन्द्रीय सदस्य सरोजराज गोसाईले जानकारी दिनुभयो । महाधिवेशनले १२ सदस्यीय सल्लाहकार समिति गठन गरेको छ ।
पार्टीको पहिलो महाधिवेशन २०४७ पौष २८ देखि २९ र ३० गते रुपन्देही जिल्लाको भैरहवामा सम्पन्न भएको थियो भने दोस्रो सम्मेलन २०५१ असोज ३, ४ भक्तपुरमा, तेस्रो सम्मेलन २०५५ माघ १२, १४ र १५ भक्तपुरमा, चौथो महाधिवेशन २०६० भदौ ११, १२ र १३ भक्तपुरमा, पाँचौँ महाधिवेशन २०६५ भदौ ६,७ र ८ काठमाडौँमा, छैटौँ महाधिवेशन २०७० चैत २१, २२, २३ र २४ काठमाडौँमा, सातौँ महाधिवेशन २०७६ असोज ३, ४ र ५ गते भक्तपुरमा सम्पन्न भएको थियो ।
साथीहरुले पार्टी सम्हाल्ने जिम्मेवारी फेरी मलाई दिनुभयो : अध्यक्ष बिजुक्छेँ
नेमकिपाका अध्यक्ष बिजुक्छेँले पार्टीका नेता काार्यकताले पार्टी सम्हाल्ने जिम्मेवारी पुनः आफूलाई दिएको बताउनु भएको छ ।
महाधिवेशन सम्पन्न पछि आज सञ्चारकर्मीहरुसंग कुरा गर्दै उहाँले भन्नुभयो, “साथीहरुले मलाई पार्टी सम्हाल्ने जिम्मेवरी पुन दिनु भएको छ । साथीहरुले नयाँ नयाँ साथीहरुलाई अरु ठाउँमा जिम्मेवारी दिने र तपाई पार्टी सम्हाल्ने भनेर फेरी पार्टी सम्हाल्ने जिम्मेवारी मलाई दिनुभयो । २०१४ सालदेखि राजनीीतमा लागे । जहिलेसम्म सकिन्छ त्यही बेलासम्म निःस्वार्थ भावनाले देश र जनताप्रति समर्पित भएर देश र जनताको सेवा  गर्छु ।”
उहाँले पहिला भन्दा अझै गम्भिर र थप जिम्मेवारी पूर्वक अगाडि बढाउने सपथ खाएको बताउदै पहिला भन्दा अझ सक्रिय भएर देश र जनताको निस्वार्थ रुपले सेवा गर्ने बताउनुभयो ।
उहाँले भन्नुभयो, “प्रदेशमा हामी त्यति सक्रिय थिएनौ, अहिले प्रदेश समितिहरु व्यबस्थित रुपले बनेको छ । अब मधेश प्रदेशमा पनि पार्टी बिस्तार हुन्छ र त्यहाका जनतलाई राजनीतिक रुपले सचेत पार्ने देशको सेवामा पार्टीलाई भन्दा देश र जनतको हितका लागि  काम गर्नेछौँ ।”
पार्टीका नेताहरु गलत भए देश बर्वाद हुन्छ भन्दै उहाँले आफ्नो देशका लागि काम नगरी हुदैन, विदेशीलाई मात्रै दोष दिएर के गर्नु आफै खराब भएपछि भन्दै उहाँले योग्ता अनुसारको काम र काम अनुसारको ज्याला दिने गरि देशमा समाजवाद स्थापना गर्नुनै लक्ष्य भएको बताउनुभयो ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।