हामीसँग जोडिनुहोस

स्वर्ण पदक विजेता भजुलाई वारुण यन्त्रद्धारा पुरस्कारसहित सम्मान

2 मिनेट

भक्तपुर, २० फागुन । जुद्ध बारुण यन्त्र कार्यालय भक्तपुरले कार्यालयका फायर म्यान शिरुष भुजुलाई नगद सहित सम्मान गरेको छ ।

यहीँ फागुन १५ गतेदेखि १९ गतेसम्म महोत्तरी जिल्लाको गौशालामा सञ्चालन भएको १८ औ राष्ट्रयव्यापी बुढाकैदो फूलकन्टयाक कराँते प्रतियोगिता २०८१ मा स्वर्ण पदक हासिल गरि कार्यालयको प्रतिष्ठा बढाएको भन्दै जुद्ध बारुण यन्त्र कार्यालय भक्तपुरका प्रमुख विजयप्रसाद धौभडेलले भुजुलाई नगद रु. पाँच हजारसहित सम्मान गर्नु भएको हो ।

सम्मान गर्दै कार्यालय प्रमुख धौभडेलले एउटा फायर म्यानले पनि देशको लागि केही गर्न सक्छ र देशको नाम राख्न सक्छ भन्ने उदाहरण भुजुले प्रस्तुत गरेको बताउनु भयो । उहाँले यहाँका फायर म्यानहरु सामाजिक कार्यमा पनि उत्तिकै सिक्रिय रहको बताउदै उहाँले खेलकुदमा चाहना हुनेहरुलाई प्रशिक्षणका लागि कार्यालयले पठाउने गेको बताउनुभयो ।

यहाँका फायर म्यानहरु अग्नि नियन्त्रणसंगै सामाजिक कार्यदेखि खेलमा पनि दक्ष र शसक्त रहेको बताउनुभयो । स्वर्ण पदक विजेता भुजुले कार्यालयदले दिएको सम्मानले आगामी दिनमा खेलमा सक्रिय रहन थप प्रोत्साहन मिलेको बताउनुभयो ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।