हामीसँग जोडिनुहोस

वसन्तपुरमा चीर ठड्याइयो, सुरु भयो होली

1 मिनेट

काठमाडौं,२३ फागुन।

रङ्गहरूको पर्व होली आजदेखि विधिवत रुपमा शुरू भएको छ । आज बिहान काठमाण्डौको वसन्तपुरमा बिहान ८ बजेर ३३ मिनेटको साइतमा तीन छत्रे होलीको चीर ठड्याइएपछि देशभर होली पर्व शुरू भएको हो ।

फागुन शुक्ल अष्टमीका दिन रङ्गीचङ्गी ध्वजापताका झुन्ड्याइएको बाँसको तीनतले चीर ठड्याइएसँगै होली पर्व शुरू हुने परम्परा छ । रङ्गीचङ्गी कपडाका टुक्राहरू झुन्डाइएका करिब ३० फीट अग्लो चीरलाई काठमाण्डौको धालसिक्व टोलका मानन्धरहरूले ठड्याउने चलन छ ।

नेवारी परम्पराअनुसार यसलाई चीर स्वाये भनिन्छ । पूर्णिमाको रातमा चीर ढालेर टुँडिखेलमा पुर्‍याएर दहन गरेपछि होली पर्व समाप्त हुन्छ ।

यसैबीच मिथिलाञ्चलमा हिजैदेखि होली पर्व शुरू भएको छ । १५ दिने मिथिला माध्यमिकी परिक्रमा हिजो महोत्तरीको कञ्चनवन पुगेपछि होली पर्व शुरू भएको हो ।

त्रेतायुगमा राम र जानकी विवाहपछि विहार गर्दै मिथिलाका विभिन्न क्षेत्रमा पुगेका र त्यही क्रममा फागुन शुक्ल सप्तमीका दिन कञ्चनवन पुगेर रङ्ग खेलेको सम्झनामा कञ्चनवनमा ‘होली उत्सव’मनाउने गरिन्छ ।

योसँगै मिथिलाञ्चल क्षेत्रमा होली पर्व शुरू हुने परम्परा छ । यस वर्ष पहाडी भेगमा आउँदो २९ गते र तराई भेगमा चैत १ गते होली पर्व मनाइँदैछ ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।