हामीसँग जोडिनुहोस

ऊर्जामन्त्री खड्का र ईयूकी स्थायी प्रतिनिधिबीच भेटवार्ता,ईयूले गरेको सहयोगका विविध विषयमा छलफल

1 मिनेट

२७ फागुन,काठमाडौँ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्कासँग नेपालका लागि यूरोपेली यूनियन (ईयू)की स्थायी प्रतिनिधि भेरोनिक लोरेन्जोले शिष्टाचार भेट गरेकी छिन्।

सिंहदरबारस्थित ऊर्जा मन्त्रालयमा आज भएको भेटमा नेपालको ऊर्जा, जलस्रोत तथा सिँचाइ क्षेत्रमा ईयूले गरेको सहयोगका विविध विषयमा छलफल भयो। ईयूले सन् १९७४ मा कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नेपालको दिगो विकासका लागि साझेदार निकायका रूपमा सहयोग गर्दै आएको छ। भेटमा ऊर्जामन्त्री खड्काले नेपालको ऊर्जा, जलस्रोत र पर्यटन क्षेत्रको विकासका ईयूले गरेको सहयोगप्रति धन्यवाद दिएको ऊर्जामन्त्री खड्काको सचिवालयले जनाएको छ।

उनले आगामी दिनमा स्वच्छ ऊर्जा, जलवायु परिवर्तन तथा आर्थिक स्थायित्वको क्षेत्रमा गरेको सहयोगप्रति आभार व्यक्त गरे। मन्त्री खड्काले सरकारले सन् २०३५ सम्म २८ हजार ५०० मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य लिएकाले दातृ निकायको महत्त्वपूर्ण साथ र सहयोगको अपेक्षा गरे। उनले नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता विधेयक संसद्मा पेश भइसकेकाले चाँडो पारित हुने बताए।

भेटमा लोरेन्जोले जलवायु परिवर्तन र वैकल्पिक ऊर्जाका क्षेत्रमा नेपालको विकासका लागि थप सहकार्य गर्न ईयू प्रतिबद्ध रहेको बताइन्। उनले नेपालले छिमेकी मुलुकसँग गरेको ऊर्जा सहकार्यको प्रशंसा समेत गरिन्। अपर अरुण, दूधकोशी जलाशययुक्त आयोजनालगायतमा ईयू लगानी गर्न इच्छुक रहेको स्थायी प्रतिनिधि लोरेन्जोको भनाइ थियो।

भेटमा ईयूको लगानीमा निर्मित चिलिमे–त्रिशूली प्रसारण लाइन उद्घाटन गर्ने सम्बन्धमा समेत छलफल भएको जनाइएको छ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।