२७ फागुन,काठमाडौँ ।
माओवादी अध्यक्ष पुष्पकमल दाहालले सरकारको कुशासनका कारण प्रतिगामी शक्तिहरू सडकमा उत्रिएको बताएका छन् । प्रतिनिधिसभामा मंगलबार सम्बोधन गर्दै प्रमुख प्रतिपक्षी दलका नेता दाहालले सरकारकै अहंकार र अविवेकको मूल्यका रूपमा जनताहरू आक्रोशित भएको बताएका हुन् ।
राजावादीहरूको प्रदर्शनप्रति लक्षित गर्दै विदेशीहरूको उक्साहटमा उक्त प्रदर्शन भए पनि सरकारकै कारण जनता आक्रोशित भएको अध्यक्ष दाहालको भनाइ थियो । प्रचण्डले सत्तामा रहेका दलहरूकै कार्यशैलीकै कारण राजावादीहरू सलबल्याएको जिकिर गरेका छन्। उनले अब सरकारको क्रियाकलाप र प्रतिगामी चलखेलविरुद्ध एकसाथ उत्रनुपर्ने आफूहरूको चुनौती भएको बताएका छन्। प्रचण्डले अहिले सरकारको कर्यशैलीकै कारण देश आन्दोलनमय भएको टिप्पणी गरे। राजतन्त्रको फर्काउने सपनासमेत देख्न छाडेकाहरू अहिले सत्ताकै गलत शैलीले अहिले सडकमा ओर्लिएको बताए।