
२७ फागुन,काठमाडौँ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ बनाउँदै सरकारले सुशासन र समृद्धिका लागि काम गरिरहेको बताएका छन् ।
उनले नेपाली कांग्रेस र नेकपा एमालेसहितको सरकारले र मुलुकलाई अगाडि बढाउन थालेको बताएका हुन् ।कोशी प्रदेशसभामा मंगलबार विशेष सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले जनताको बलिदान र सङ्घर्षको बलमा प्राप्त संविधानको रक्षा गरी आवश्यकतानुसार संशोधन गर्दै जाने पनि जानकारी दिए ।यस प्रणालीमा जो कोही पनि प्रतिस्पर्धा गर्न पाउने भएकाले व्यवस्थाविरोधी आवाज उठाउन आवश्यक नभएको उनले बताए । संविधानसम्मत्, शान्तिपूर्ण र सुशासनको बाटोबाट यस व्यवस्थालाई अझ उन्नत बनाउन सकिने उनको भनाइ छ ।
उनले सरकारले अहिले रोजगारीका अवसरमा सृजना गर्न लागिरहेको उद्यमशीलतामा जोड दिइरहेको पनि बताए । ‘
प्रधानमन्त्री ओलीले देशको भौगोलिक, सांस्कृतिक र जातीय विविधतालाई मनन् गरेर जानुपर्ने बताए । उनले विविधताबीच एकता कायम गरेर ज्ञान र गौरवले भरिपूर्ण नेपाललाई विश्व मानचित्रमा सार्वभौम, लोकतान्त्रिक र समृद्ध बनाउन आग्रह गरे । प्रधानमन्त्री एवम् कुलपति केपी शर्मा ओलीको उपस्थितिमा मङ्गलबार पूर्वाञ्चल विश्वविद्यालयको १३ औँ दीक्षान्त समारोह सम्पन्न भएको छ । दीक्षान्त समारोहमा आठ हजार १५० विद्यार्थी दीक्षित भएका छन् ।
दीक्षित हुनेमा कला सङ्कायका २०४, कानुनका ४०७, शिक्षाशास्त्र सङ्कायका ९०६, व्यवस्थापन सङ्कायका दुई हजार २४९, चिकित्साशास्त्र सङ्कायका दुई हजार १९८, विज्ञान तथा प्रविधि सङ्कायका ६५४ तथा इन्जिनियरिङ सङ्कायका एक हजार ४४२ विद्यार्थी रहेका छन् ।
Related

अन्य समाचार
वागमती प्रदेशका मुख्यमन्त्री ईन्द्र बानियाँले आज भक्तपुर अस्पतालको अवलोकन
एउटै मञ्चमा सांगीतिक प्रस्तुती दिदै चर्चित गायकद्धय प्रमोद खरेल र दुर्गेश थापा
भक्तपुरमा जारी महोत्सवले उल्लेखनीय सफलता हासिल गरेको छ। सल्लाघारी मा सञ्चालन भइरहेको ‘दशौँ भक्तपुर औद्योगिक, सांस्कृतिक, पर्यटन, कृषि तथा व्यापार महोत्सव–२०८२/०८३’मा हालसम्म एक लाखभन्दा बढी दर्शक तथा उपभोक्ताको आगमन भएको छ भने ५० लाख रुपैयाँभन्दा बढीको कारोबार






