हामीसँग जोडिनुहोस

संघीय संसद्का तीन समितिको बैठक बस्दै

1 मिनेट

काठमाडौं,२८ फागुन । 

संघीय संसद्का तीन समितिको बैठक बुधबार बस्दैछ। प्रतिनिधिसभाको एका तथा राष्ट्रिय सभाको दुई समितिको बैठक बस्न लागेको हो।

प्रतिनिधिसभा अर्थ समितिको बैठक बिहान ८ बजे शुरु हुदैछ । बैठकमा भन्सार सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमाथि दफावार छलफल गर्ने कार्यसूची छ।

यस्तै राष्ट्रिय सभाको विधायन व्यवस्थापन समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको पनि बैठक बस्दैछ। विधायन व्यवस्थापन समितिमा बैंकिङ कसूर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० माथि दफावार छलफल हुनेछ। बैठक बिहान ११ बजेका लागि बोलाइएको छ।

राष्ट्रिय सभाको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिमा भने ग्यालरी बैठक भवन (पुरानो प्रतिनिधि सभा भवन) पुननिर्माणको प्रगतिको अवस्था बारेमा छलफल हुनेछ । छलफलका लागि शहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशकलाई डाकिएको छ । बैठक दिउँसो १ बजे बस्ने तय भएको छ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।