हामीसँग जोडिनुहोस

गट्ठाघरमा टिपरको ठक्करबाट एक मोटरसाइकल चालकको मृत्यु

1 मिनेट

काठमाडौँ,२८ फागुन।

भक्तपुरको मध्यपुरथिमि नगरपालिका–३ गट्ठाघरमा टिपरको ठक्करबाट एक मोटरसाइकल चालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मोटरसाइकल चालक भक्तपुर नगरपालिका–६ का ३६ वर्षीय श्यामकृष्ण कायस्थ छन् । कायस्थले चलाएको बागमती प्रदेश–०३–००१ ख १८८४ नम्बरको मोटरसाइकलाई बा ३१ प ४४४ नम्बरको टिपरले बुधबार पौने ४ बजे ठक्कर दिएको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रवक्ता ढुण्डिराज नेउपानेले बताए ।

भक्तपुरबाट काठमाडौंतर्फ जाँदै गरेको उक्त मोटरसाइकललाई सोही दिशातर्फ जाँदै गरेको टिपरको ठक्करबाट गम्भीर घाइते भएका उनलाई उपचारका लागि भक्तपुर इन्टरनेसनल अस्पताल लगिएको थियो । डाक्टरले उनलाई  मृत घोषणा गरेको प्रवक्ता नेउपानेले बताए । प्रहरीले टिपर चालक सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–६ घर भएका ४७ वर्षीय चन्द्रलाल शाक्यलाई पक्राउ गरेको छ ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।