काठमाण्डौ,२९ फागुन।
राष्ट्रपति रामचन्द्र पौडेलले फागुपूर्णिमा (होली) २०८१ को शुभकामना दिंदै कुरीतिलाई निर्मुल गर्दै मौलिक संस्कृतिको संवर्द्धन गर्न आह्वान गरेका छन्।
उनले फागुपूर्णिमाको सुखद् अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति तथा समृद्धिको कामना गरेका छन्।राष्ट्रपति पौडेलले होलीको विभिन्न रङ्गहरु जस्तै नेपाली समाजको सुन्दरता पनि विविधता भएको बताएका छन्। होली पर्व असत्यमाथि सत्यको, अन्याय माथि न्यायको, दूराचार माथि सदाचारको र अधर्म माथि धर्मको विजय भएको खुशियालीमा मनाइने हुँदा यो पर्वले समस्त नेपालीहरूबीच रिस राग परित्याग गरी प्रेम र आत्मीयताद्वारा सामाजिक सद्भाव र राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन योगदान पुर्याउने विश्वास राष्ट्रपतिले व्यक्त गरका छन्।
यस्तै,नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले फागुपूर्णिमा (होली पर्व) जस्ता चाडपर्वले समुदायबिच सद्भाव बढाउन सहयोग पुग्ने बताएका छन् ।