हामीसँग जोडिनुहोस

 वाणिज्य बैंकहरूकाे चैत महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक

1 मिनेट

२९ फागुन,काठमाडौँ।

वाणिज्य बैंकहरूले चैत महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन् ।

भोलिदेखि लागू हुनेगरी सार्वजनिक ब्याजदर अनुसार २० मध्ये १७ वटा वाणिज्य बैंकले फागुन महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन् । हिमालयन, लक्ष्मी सनराइज र नेपाल बैंकले भने ब्याजदर सामान्य घटाएका छन् ।

चैतमा वाणिज्य बैंकहरूको ब्याजदर व्यक्तिगत मुद्दतीतर्फ औसतमा ५ दशमलव ९३ प्रतिशत कायम भएको छ । फागुनमा यो प्रतिशत औसतमा ६ दशमलव ०१ थियो ।

चैत महिनामा एनआईसी एशिया बैंकमा पैसा राख्दा सबैभन्दा बढी ६ दशमलव ६ प्रतिशत ब्याज पाइने भएकाे छ । सबैभन्दा कम लक्ष्मी सनराइज र नेपाल एसबीआई बैंकमा ५ दशमलव ५ प्रतिशत मात्रै ब्याज पाइन्छ ।

२० मध्ये ६ वटा बैंकको व्यक्तिगत मुद्दतीतर्फ पनि ६ प्रतिशतभन्दा कम ब्याजदर रहेको छ । बचततर्फ भने १३ वटा बैंकको ब्याजदर ३ प्रतिशत रहेको छ । बाँकीले ३ दशमलव ०१ देखि ३ दशमलव १ प्रतिशतसम्म ब्याज दिन्छन् ।

फागुन महिनामा केही बैंकले ब्याजदर बढाएका भए पनि तरलता नघटेपछि चैतमा धेरै बैंकहरूले ब्याजदर स्थिर राख्नुका साथै तीन वटाले घटाएका हुन् ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।