
काठमाडौं,१ चैत।

देशभर एक वर्षमा २ लाख २८ हजार मुद्दा थपिएका छन् । सर्वोच्च अदालतको आर्थिक वर्ष २०८०/८१ को प्रतिवेदनअनुसार सर्वोच्च मातहतका अदालत तथा न्यायधिकरणहरूमा आर्थिक वर्षबाट जिम्मेवारी सरेको मुद्दा रिट निवेदन प्रतिवेदनको संख्या एक लाख साठी हजार ३९५ र गत आवमा दर्ता भएका दुई लाख २७ हजार ९६२ गरी जम्मा मुद्दाको संख्या तीन लाख ८८ हजार ३५७ पुगेको हो ।
जसमध्ये ५८.२४ प्रतिशत अर्थात दुई लाख २६ हजार १८५ मुद्दा फर्छ्यौट भएकोमा एक लाख ६२ हजार १७५ मुद्दा बाँकी रहेका छन् । प्रतिवेदनअनुसार गत आवमा अन्य वर्षभन्दा ११.३६ प्रतिशत बढी मुद्दा फर्छौट भएका छन् । पुराना बक्यौता मुद्दा गत वर्षको असार मसान्तसम्म २८.१३ प्रतिशतले घटेको प्रतिवेदनमा उल्लेख छ ।
गत आवमा सर्वोच्च अदालतमा आर्थिक वर्ष जिम्मेवारी सरेको मुद्दा रिट निवेदन प्रतिवेदन २८ हजार ४३० र गत आर्थिक वर्षमा दर्ता भएका ४१ हजार २४९ रहेकोमा १५ हजार ५२१ अर्थात् ३७.३७ मुद्दा फर्छौट गरिएको छ । उच्च अदालतहरूमा अघिल्लो आर्थिक वर्षबाट जिम्मेवारी सरेको मुद्दा रिट निवेदन २५ हजार ३६७ र गत आवमा ५५ हजार ८७२ मुद्दा थपिएकोमा ५६ हजार १४ अर्थात् ६८.९५ मुद्दा फर्छौट भएका छन् ।
Related

अन्य समाचार
नेमकिपाले ५९ जिल्लाको १२० निर्वाचन क्षेत्रमा दियो उम्मेदवारी, ५३ महिला उम्मेदवार
भक्तपुरका दुई निर्वाचन क्षेत्रमा ५७ जनाको उम्मेदवारी, क्षेत्र नं. १ मा प्रेम सुवाल र क्षेत्र नं. २ महेश बस्नेत पुरानै अनुहार दोहरिए
स्वास्थ्य मन्त्री किरण थापादेखि स्वास्थ्य सचिव डा. गौतमसम्मका अथक प्रयास सफल : प्रदेश सरकारको ६२ करोड लागतमा बन्दै सुविधा सम्पन्न अस्पताल





