हामीसँग जोडिनुहोस

नेपालले युगाण्डामा जारी टी–२० क्रिकेटको अन्तिम खेलमा हङकङलाई हरायो

1 मिनेट

काठमाडौं,१ चैत।

युगाण्डामा जारी चार देशीय टी–२० क्रिकेट श्रृंखला अन्तर्गत लिग चरणको अन्तिम खेलमा नेपालले हङकङलाई सहजै हराएको छ । नेपाल ६ विकेटले विजयी भएको हो । १०५ रनको चुनौती नेपालले १९.३ ओभरमा ४ विकेटको क्षतिमा पूरा गर्यो । पहिलो विकेटका लागि ५३ रनको साझेदारी गर्ने क्रममा सम्झना खड्काले ४७, पूजा महतोले अविजित रहँदै २० तथा इन्दू बर्माले १८ रन बनाइन् ।

यअसघि खेलमा टस जितेर हङकङले पहिले ब्याटिङ गर्दै ८ विकेटको क्षतिमा १०४ रन बनायो । राजमती ऐरीले ३, इन्दू बर्माले २ तथा पूजा महतो र ईश्वरी विष्टले १–१ विकेट लिए ।

यस श्रृंखलामा कमजोर प्रदर्शन गरिरहेको नेपाललाई यो खेल कमजोरी सुधार्ने अवसरको रुपमा रहेकामा ती कमजोरी केही हदसम्म सुधारिएको छ । नेपालको रोकिएको ब्याटिङ लाइनले गति लिएको छ ।

नेपालले कमजोर प्रदर्शन गरेसँगै नेपाल फाइनल पुग्ने होडबाट बाहिरिएको छ । पर्सी नेपालले तेस्रो स्थानका लागि भिडन्त गर्नेछ । फाइनल खेल पनि पर्सी नै हुनेछ ।

नेपालले खेलेका ६ खेलमा २ जित र ४ हार बेहोरेको छ । नेपालले यसअघि नामिबियासँग दुवै पटक हारेको थियो भने हङकङ र युगाण्डासँग एक एक खेलमा हार बेहोरेको थियो । युगाण्डा र हङकङलाई एक एक खेलमा पराजित गरेको हो ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।