काठमाडौं,१ चैत।
नेपाल विद्यार्थी संघ (नेविसंघ) ले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू) को चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । आज (शुक्रबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै नेविसंघले घोषणापत्र सार्वजनिक गरेको हो ।
त्यस्तै, त्रिभुवन विश्वविद्यालयका हालसम्मका सम्पूर्ण शोधपत्रहरू सङ्ग्रह गरी अभिलेख निर्माण गरिने, क्याम्पस परिसरमा सस्तो तथा निःशुल्क छात्रवासको व्यवस्था गर्न पहल गर्ने, व्यवहारिक शिक्षा सुधार तथा ‘पेड ईन्टर्नसिप’ कार्यक्रमको समेत अगाडि सार्ने नेविसंघको घोषणा पत्रमा उल्लेख छ ।