हामीसँग जोडिनुहोस

महिला नेतृत्व सम्मेलन आज गर्दै, प्रधानमन्त्रीले उद्घाटन गर्ने

1 मिनेट

काठमाडौं,३ चैत ।

नेपाल उद्योग परिसंघ -सीएनआई_ ले अन्तर्राष्ट्रियस्तरको दोस्रो ‘महिला नेतृत्व सम्मेलन’ आज आयोजना गर्दैछ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयसँगको सहकार्यमा सीएनआईको ‘वुमन लिडरसिप फोरमले’ सम्मेलन आयोजना गरेको हो। सम्मेलनको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले आज बिहान नौ बजे होटल सोल्टीमा गर्ने छन्।

सम्मेलनमा ‘टेक्नोलोजी एन्ड इनोभेसन’, ‘उमन इन सस्टेनेबल एग्रिकल्चर’, ‘इन्भेस्टिङ इन उमन’, ‘बियोन्ड बाउन्ड्रिज’ विषयमा सत्रगत रूपमा छलफल हुनेछ।​

सीएनआई अध्यक्ष राजेशकुमार अग्रवालका अनुसार यो सम्मेलन वर्तमान एवं सफल उदाहरणहरूमा केन्द्रित हुनेछ, जसले महिलालाई प्रेरित गर्ने छ। सम्मेलनले परिवर्तन प्रेरित महिला नेतृत्व, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञहरूलाई एउटै थलोमा ल्याउने र नेपाल सरकार, सरोकारवाला निकायहरूले लिनुपर्ने नीतिगत विषयमा छलफल हुने उनले बताए।

सम्मेलनमा राजनीति, आर्थिक, सामाजिक, स्वास्थ्य, वातावरण लगायत क्षेत्रमा स्थापित, रूपान्तरणकारी एवं प्रभावशाली राष्ट्रिय एवं अन्तर्राष्ट्रिय क्षेत्रमा ख्यातिप्राप्त महिला सहित करिब ५ सय जनाको सहभागिता हुने सीएनआई महिला नेतृत्व फोरम सभापति छाया शर्माले बताइन्।​ सम्मेलनमा ‘मेक इन नेपाल’ स्वदेशी वस्तुहरूको प्रदर्शनी समेत गरिने सीएनआईले जनाएको छ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।