हामीसँग जोडिनुहोस

कैलालीको धनगढीमा ग्यास सिलिन्डर विस्फोट हुँदा तीन जना घाइते

1 मिनेट

काठमाडौं,३ चैत ।

कैलालीको धनगढीमा ग्यास सिलिन्डर विस्फोट हुँदा तीन जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालयका अनुसार सिलिन्डर विस्फोट हुँदा धनगढी उपमहानगरपालिका–६ मटियारीका ३६ वर्षीया मिना खड्का, उनका २० वर्षीया छोरी चन्द्रा खड्का र ४० वर्षीय स्थानीय ग्यास व्यापारी गोविन्द जोशी घाइते भएका हुन् ।

कार्यालयका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक कबिन्द्रसिंह बोहराका अनुसार मिना खड्काको घरमा सिलिन्डर जडान गर्ने क्रममा विस्फोट भएको हो ।

‘मिनाले सिलिन्डर खरिद गरेर स्थानीय व्यापारी जोशीलाई जडानका लागि बोलाएकी रहेछिन्,’ डीएसपी बोहराले भने, ‘सोही क्रममा सिलिन्डर विस्फोट भएपछि तीन जना घाइते भएका छन् । तीनै जनाको धनगढीकै निसर्ग अस्पतालमा उपचार भइरहेको  छ । मिना र गोविन्दको अवस्था मध्यम छ भने चन्द्राको सामान्य छ ।’

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।