भक्तपुर, फागुन २८।
नेसनल प्याव्सन भक्तपुरको कार्यक्रम चाँगुनारायण(८, भक्तपुरमा रहेको पारिजात विद्याकुन्ज स्कुलको आयोजनामा अन्तर विद्यालय वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको थियो । उक्त प्रतियोगितामा कक्षा ५ अन्तर्गत रुबी भ्याली स्कुलको अभिक ढकाल प्रथम र कक्षा ४ अन्तर्गत यूनिटी स्कुलको हिमांशु भट्ट प्रथम भएका थिए ।
वक्तृत्वकलाको प्रतियोगितामा कक्षा ५ का लागि “मोवाइल फोनको सदुपयोग” शीर्षकमा विद्यार्थीहरु बीच भएको प्रतिस्पर्धामा द्धितीय स्थान डेमोस स्कुलकी उपेक्षा तामागं, तृतीय स्थान मदरल्याण्ड स्कुलकी अग्रता पोखरेल र सान्त्वना स्थान ईडेन गार्डेनको रोबर्टसन भण्डारीले हात पार्न सफल भएका थिए । त्यसै गरी कक्षा ४ का लागि “स्वस्थ परिवार, सुखी समाज” विषयको प्रतियोगितामा डेमोस स्कलकी सलोनी तामागंले द्धितीय स्थान, रुवी भ्यालीको सृजन चौलागाईँले तृतीय स्थान र ईडेन गार्डेनकी ब्रिश्रुती सापकोटाले सान्त्वना स्थान प्राप्त गरेका थिए ।
नेसनल प्याव्सनको भक्तपुरले सदस्य विद्यालयहरुमाअध्ययनरत विद्यार्थीहरुको लागि वार्षिक योजना बनाएर नै विविध प्रतिस्पर्धाको आयोजना गरिएको जानकारी अध्यक्ष एवं कार्यक्रमका प्रमुख अतिथि संजय खड्काले दिनु भयो १ साथै वक्तृत्वकला प्रतियोगिता सम्पन्न गरेकोमा पारिजात विद्याकुन्ज स्कुललाई धन्यवाद प्रदान गर्दै विजेता विद्यार्थीलाई बधाई एवं शुभकामना र सहाभागि विद्यालयलाई धन्यवाद प्रदान गर्नु भएको थियो १