हामीसँग जोडिनुहोस

अस्पताल तथा स्वास्थ्य संस्थाको दर्ता, नविकरण, स्तरोन्नती अब अनलाइनबाटै, वामगती प्रदेश पहिलो

3 मिनेट

-रमेश गिरी

भक्तपुर, ५ चैत : वागमति प्रदेश सरकारका स्वास्थ्य मन्त्री किरण थापा मगरले प्रदेश भित्रका १३ जिल्लामा सञ्चालित सम्पूर्ण अस्पताल तथा स्वास्थ्य संस्थाहरुलाई तत्काल दर्ता, नविकरण तथा स्तरोन्नतीका लागि अनलाइन आवेदन दिन आव्हान गर्नु भएको छ । उहाँले चैत ४ गते सोमबार देशका सात प्रदेश मध्ये पहिलो पटक वागमती प्रदेश सरकारले आफ्नो प्रदेश भित्रका स्वास्थ्य संस्थाहरुको दर्ता, नविरकण तथा स्तरोन्नती अनलाइन सेवा शुभारम्भ गरेको जानकारी दिदै यस्तो आव्हान गर्नु भएको हो ।

प्रदेश भित्र सञ्चालित निजीस्तरका अस्पताल तथा स्वास्थ्य संस्थाहरु दर्ता, नविकरण र स्तरोन्नती हुनु अगाडि सम्बन्धित निकायबाट हुने अनुगमनमा आर्थिक चलखेल हुने आरोप लाग्दै आएपछि पहिलो पटक वागमती प्रदेश सरकारले यो सेवा अनलाइनबाटै आवेदन दिन गरि सेवा सञ्चालनमा ल्याएको हो ।

स्वास्थ्य सेवा ऐन पारित नहुँदा विगत पाँच वर्षदेखि रोकिएकोे प्रदेश भित्रका स्वास्थ्य संस्थाहरुको दर्ता, नविकरण र स्तरोन्नती खुल्ला गरेको बताउदै उहाँले विगतमा रोकिएका र नयाँ दर्ताका लागि तयारी भएका स्वास्थ्य संस्थाहरुले अनलाइनबाटै आवेदन दिएर दर्ता, नविकरण र स्तरोन्नती गर्न पाउने गरि सहज व्यबस्था गरेको उहाँले बताउनुभयो ।

स्वास्थ्य मन्त्री थापाले भन्नुभयो, ‘वागमती प्रदेश भित्रका सबै अस्पताल तथा स्वास्थ्य संस्थाहरु दर्ता तथा नविकरण सुरु गरेका छौँ, यसका लागि अब कुनै झण्झट व्यहोर्नु पर्दैन, दर्ता, नविकरण र स्तरोन्नतीका लागि अनलाइनबाटै आवेदन दिन सकिन्छ । मन्त्रालयले तोकेको मापदण्ड पुरा गर्नेहरुको दर्ता, नविकरण र स्तरोन्नती सहज हुन्छ ।’
उहाँले अनलाइनबाट आवदेन दिएपछि मापदण्ड पुरा भए नभएको हेरेर मापदण्ड पुरा भएकाहरुको दर्ता नविकरण र स्तरोन्नती हुने बताउनुभयो । मापदण्ड पुरा नगरेका स्वास्थ्य संस्थाहरुको हकमा भने मन्त्रालयले ६ महिनाको समय थप दिने, ६ महिनाभित्र पनि मापदण्ड पुरा नगर्नेहरुको दर्ता, नविकरण नहुने र सेवा बन्द गर्ने गराउने प्रक्रियामा जाने बताउनुभयो ।

मन्त्री थापाले स्वास्थ्य सेवा ऐन पारित गरेसंगै वागमति प्रदेश भित्रका सरकारी अस्पतालहरुले नर्सिङ्ग कलेज सञ्चालन गर्न खुल्ला गरेको समेत बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘अब वागमती प्रदेश भित्र सञ्चालित प्रदेश स्तरीय १०० शय्या भन्दा माथिका अस्पतालले नर्सिङ्ग कलेज सञ्चालन गर्न पाउने भएका छन् । मन्त्रालयले त्यसको व्यबस्था गरेको छ । भक्तपुर अस्प्तालमा यसैवर्षदेखि नर्सिङ्ग कलेज सञ्चालन गर्दैछौँ । यसका लागि मन्त्रालयले सुरुमा लगानी गर्छ, तीन वर्षमा अस्पताल कलेजमा आत्मनिर्भर हुनपर्छ ।’

मन्त्री थापाले अस्पतालको सेवालाई चुस्त र दुरुस्त बनाउने ई–हाजिरी सेवा सुरु गरेर वागमति प्रदेश मन्त्रालयबाटै दैनिक त्यसको प्रत्यक्ष निरीक्षण गर्ने व्यबस्था भक्तपुर अस्पताल र हेटौडा अस्पतालबाट सेवा सुरु गर्न लागेको बताउनुभयो । अर्को आ.ब.मा सबै अस्पतालमा यो सेवा बिस्तार गर्ने उहाँले बताउनुभयो ।

प्रदेश सरकारले अस्पतालमा दैनिक कति विरामी आए, के के सेवा पाए, कर्मचारी को कति बेला आए, कतिबेला गए, को आएन, औषधि कति बिक्री भए, सेवा गुणस्तरीय भयो भएन र सेवाग्राहीले सिधै मन्त्रालयमा गुनासो गर्न सक्ने गरि एप्स निर्माणको तयारीमा लागेको बताउदै उहाँले अस्पतालका सेवालाई चुस्त, दुरस्त र गुणस्तरीय बनाउन मन्त्रालय लागिरहेको बताउनुभयो ।

मन्त्रालयको सचिव डा. सुमित्रा गौतमले अनलाइन सेवाबारे जानकारी दिदै निजी अस्पताल एवं स्वास्थ्य संस्थाहरुलाई सहजिकरणसंगै नियमनमा कडाई गर्ने तयारी गरेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘कतिपय स्वास्थ्य संस्थाहरु झोलामा बोकेर हिडेका छन् भन्ने गुनासो आउने गरेको छ, कतिपय अस्पतालले ५० शय्याको अनुमति लिएर १०० शय्या सञ्चालन गरिरहेका छन्, कतिपयले स्वास्थ्य संस्था दर्ता, नविकरण एवं स्तरोन्नतीका लागि बीचका मानिस मार्फत आर्थिक चलखेल गरेर प्रक्रियामा जाने गरेको गुनासो आएको छ । अब त्यस्ता झण्झटमा पर्नु पर्दैन, सिधै अनलाइनबाट सेवा लिन सकिन्छ ।’

मन्त्रालयले निजी स्वास्थ्य संस्थाहरुको नियमनलाई पनि चुस्त दुरुस्त बनाउन सेवाहरुको मूल्य निर्धारण गर्ने, १० प्रतिशत शय्या गरिबहरुका लागि दिए नदिएको हेर्ने र अनिवार्य गर्न कडाई गर्ने, सबै अस्पताल एवं स्वास्थ्य संस्थाहरुको मन्त्रालयबाटै निरिक्षण गर्न सक्ने व्यबस्था गर्ने गरि तयारी गरेको बताउनुभयो । उहाँले प्रदेश स्तरीय अस्पतालहरुका चिकित्सक एवं कर्मचारीलाई कार्यालय समय भित्र दुई ठाउँमा काम गरेको पाईएमा तत्काल कारबाही गर्ने निर्णय गरेकाले त्यस्तो गल्ती नगर्न सचेत गराएको बताउनुभयो ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।