हामीसँग जोडिनुहोस
Latest
आइतवार, माघ १२, २०८२

भाटभटेनी लुटपाटका १२ जना, लुटेको सामान बरामद

1 मिनेट

काठमाडौं, १७ चैत । राजावादीहरुको आन्दतेलानका क्रममा गत चैत १५ गते कोटेश्वरस्थित भाटभटेनी सुपरमार्केटमा लुटपात गर्ने १२ जनालाई प्रहरीले पक्राउ गरि अदालतबाट म्याद थप गरेको छ ।

पक्राउ पर्नेमा धनुषा मिथिला नगरपालिका वडा नं ६ ढल्केवर काटेश्वर बस्ने आशिष सिंह, सर्लाही बरथहवा नगरपालिका वडा नं १६ घर भएका कोटेश्वर नरेफाँट बस्ने प्रेम कुमार महत्तो र भारतको बिहार राज्य पटना हाजिपुर घर भई हाल कोटेश्वर नरेफाँट बस्ने रवि रञ्जन कुमार रहेका छन् ।

यसअघि प्रहरीले शनिबार ७ जनालाई पक्राउ गरेको थियो । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले आज थप ३ जनालाई पक्राउ गरेको हो । पक्राउ परेका सिंहको साथबाट ब्ल्याक लेबल १ थान, ज्याक जेनिल २ थान, महतोको साथबाट ४ थान खाली बियरको बोतल र कुमारको साथबाट यार्सागुम्बा ब्राण्डको मदिरा १ थान बरामद भएको छ ।

पक्राउ परेका अन्य ७ जनाको साथबाट हाफपाइन्ट टाउजर, टे«, क्यारेट, फलफूल, लिपिस्टक गाजल रअन्य सामानहरु बरामद भएको छ । उनीहरुले शुक्रबार भाटभटेनीमा लुटपाट हुँदा चोरेर लगेका थिए । अन्य व्यक्तिको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2026 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।