काठमाडौं, १७ चैत । गणतन्त्र पक्षधर दलहरुको बैठक सिंहदरबारमा सुरु भएको छ । सत्तारुढ नेकपा एमाले, नेपाली कांग्रेससहित विपक्षी दलहरु सम्मिलित बैठकले पछिल्लो अवस्थाबारे छलफल गर्ने बताइएको छ । बैठकमा प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओली तथा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, पूर्वप्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा सहभागी छन् ।
त्यसैगरी, माओवादी केन्द्रका उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, जनमत पार्टीका अध्यक्ष सिके राउत, राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसी, जसपा नेपालका उपेन्द्र यादव, लोसपाका महन्थ ठाकुर, जसपाका अशोक राई, नेसपाका डा. बाबुराम भट्टराई लगायतको उपस्थिति छ ।
नेपाल समाजवादी पार्टी, नेसपा (नयाँ शक्ति) का अध्यक्ष डा. बाबुराम भट्टराईले पूर्वराजा ज्ञानेन्द्र शाहलाई कानुनी कारबाही गर्नुपर्ने बताएका छन् । सिंहदरबारमा जारी गणतन्त्र पक्षधरहरूको बैठकमा धारणा राख्दै उनले यस्तो बताएका हुन् । भट्टराईले सुरुमै आफ्ना कुरा राखेर जरुरी काम भएको भन्दै बाहिरिएका छन् ।