
काठमाडौं, १७ चैत । गणतन्त्र पक्षधर दलहरुको बैठक सिंहदरबारमा सुरु भएको छ । सत्तारुढ नेकपा एमाले, नेपाली कांग्रेससहित विपक्षी दलहरु सम्मिलित बैठकले पछिल्लो अवस्थाबारे छलफल गर्ने बताइएको छ । बैठकमा प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओली तथा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, पूर्वप्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा सहभागी छन् ।


त्यसैगरी, माओवादी केन्द्रका उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, जनमत पार्टीका अध्यक्ष सिके राउत, राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसी, जसपा नेपालका उपेन्द्र यादव, लोसपाका महन्थ ठाकुर, जसपाका अशोक राई, नेसपाका डा. बाबुराम भट्टराई लगायतको उपस्थिति छ ।
नेपाल समाजवादी पार्टी, नेसपा (नयाँ शक्ति) का अध्यक्ष डा. बाबुराम भट्टराईले पूर्वराजा ज्ञानेन्द्र शाहलाई कानुनी कारबाही गर्नुपर्ने बताएका छन् । सिंहदरबारमा जारी गणतन्त्र पक्षधरहरूको बैठकमा धारणा राख्दै उनले यस्तो बताएका हुन् । भट्टराईले सुरुमै आफ्ना कुरा राखेर जरुरी काम भएको भन्दै बाहिरिएका छन् ।
Related

अन्य समाचार
रुपन्देहीमा जेठमा हराएका १०८ मध्ये ६१ जना फेला
देवधार खोलामा पौडी खेल्ने क्रममा १४ वर्षीया किशोरीको डुबेर मृत्यु
काठमाडौं उपत्यकामा नदी किनारका सुकुम्वासी बस्ती हटाउने अभियान सम्पन्न काठमाडौं– सरकारले वैशाख १२ गतेदेखि सुरु गरेको काठमाडौं उपत्यकाका विभिन्न नदी किनार तथा सार्वजनिक जग्गामा रहेका सुकुम्वासी बस्ती हटाउने अभियान उपत्यकाको हकमा पूर्णता पाएको जनाएको छ। यस अभियानअन्तर्गत मनोहरा, गैरीगाउँ, बल्खु, टेकु, बालाजुलगायत क्षेत्रमा रहेका अव्यवस्थित बस्ती हटाइसकिएको छ। बस्ती हटाइएका स्थानहरू अहिले खुला तथा खाली देखिएका छन्। वर्षौंदेखि अतिक्रमणमा परेका नदी किनार र सार्वजनिक उपयोगका जग्गा खाली भएपछि ती क्षेत्रको स्वरूपसमेत परिवर्तन भएको छ। बागमती तथा यसका सहायक नदी किनारको संरक्षण, वातावरणीय सुधार र शहरी व्यवस्थापनलाई प्राथमिकतामा राख्दै सम्बन्धित निकायहरूले खाली गरिएका क्षेत्रको संरक्षण तथा व्यवस्थापनका लागि विभिन्न कार्यक्रम अघि बढाएका छन्। अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समिति,






