काठमाण्डौ,१८ चैत ।
इस्लाम धर्मावलम्बीको महान् पर्व ‘ईद–उल–फित्र’ हर्षोल्लासका साथ मनाइँदैछ । यस अवसरमा आयोजना हुने परम्परागत ‘इफ्तार’ र रोजा पश्चात् नमाज पढेपछि साँझपख विशेष परिकार ग्रहण गर्नु इस्लाम धर्मावलम्बीको महत्त्वपूर्ण अनुष्ठान हो ।
एक महिना लामो रमादान पर्व (रोजा) पूरा भएको खुशीयालीमा इद उल फित्र मनाउने गरिन्छ। यो दिनमा मुस्लिम धर्मावलम्बी पवित्र भई मस्जिदमा गएर नमाज पढ्ने परम्परा छ।
खुशीपूर्वक दीनदुःखी एवं गरिबलाई दान गरिने भएकाले यो पर्वलाई इद उल फित्र भनिएको हो। यो दिन नमाज पाठ गरेपछि तीन दिनसम्म ठूलाबडाकहाँ गएर आशीर्वाद लिइन्छ। आशीर्वाद लिन आउने आफन्तलाई सेवई र खजुरलगायत मीठा खानेकुरा खान दिने चलन छ।
अरबी पात्रोअनुसार नवौँ महिनाको अन्तिम दिन चन्द्रमा देखिएपछि इद उल फित्र मनाउने कार्यक्रम तय हुने गरेको छ।
अरबी पात्रोअनुसार नवौँ महिनाको अन्तिम दिन चन्द्रमा देखिएपछि इद उल फित्र मनाउने कार्यक्रम तय हुने गरेको छ। रमादान महिना गरिब, दीनदुःखी र असहायका लागि राम्रो होस् भन्ने दृष्टिकोणबाट अल्लाहले विशेष व्यवस्था गरेको मानिन्छ।