हामीसँग जोडिनुहोस

 रवि लामिछानेको अध्यक्षतामा रास्वपाको केन्द्रीय समिति बैठक बस्दै

1 मिनेट

काठमाण्डौ,१८ चैत ।

रवि लामिछानेको अध्यक्षतामा आज राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक बस्दैछ ।

आज दिउँसो तीन बजे पार्टी कार्यालय बनस्थलीमा लगातार दुई वटा केन्द्रीय समिति बैठक बस्न लागेको हो । पहिलो बैठक कार्यवाहक सभापति डीपी अर्यालको सभापतित्वमा र दोस्रो बैठक सभापति रवि लामिछानेको सभापतित्वमा बस्ने रास्वपाले जनाएको छ ।

पार्टी सभापति लामिछानेमाथि सहकारी ठगीसम्बन्धी मुद्दा चलेपछि अर्यालले कार्यवाहक सभापतिको जिम्मेवारी पाएका थिए । त्यसपछि उनले नै पार्टीको नेतृत्व गरिरहेका थिए । आजदेखि भने लामिछाने आफैंले पार्टीको नेतृत्व गर्न लागेका हुन् ।

आजको बैठकमा पार्टी र सदनको गतिविधिबारे तथा सदस्यहरूबाट आआफ्नो संक्षिप्त रिपोर्टिङ, लिडरसिप एकेडेमीको फ्लो चार्ट, जनयात्रा कार्यक्रम, पार्टीको राजनीतिक प्रतिवेदनमा आधारित देशव्यापी जागरण र बहस, अधिवेशन/महाधिवेशन कार्यतालिका लगायतका एजेन्डा रहेका छन् ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।