हामीसँग जोडिनुहोस

केही नेपाल ऐनलाई संशोधन गर्ने सहकारी सम्बन्धी विधेयक राष्ट्रियसभाबाट बहुमतले पारित

1 मिनेट

काठमाण्डौ,१८ चैत ।

राष्ट्रियसभाबाट ‘सहकारी सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक २०८१’ बहुमतले पारित भएको छ।

सोमवार राष्ट्रियसभाको बैठकमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले प्रस्तुत गरेको  प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘सहकारी सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक २०८१’ बहुमतले पारित भएको हो।

त्यसअघि उक्त प्रस्तावमाथिको छलफलमा सांसदहरुले राखेको जिज्ञासाबारे मन्त्री अधिकारीले जवाफ दिएका थिए।राष्ट्रियसभामा प्रतिपक्ष दलका सांसदहरूले सरकारले ल्याएको अध्यादेशप्रति असन्तुष्टि व्यक्त गरेका छन् । राष्ट्रियसभाकाे आजकाे बैठकमा प्रतिनिधिसभाबाट प्राप्त ‘सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक २०८१ माथिको दफावार छलफल सदनमा गरियोस् भन्ने प्रस्ताव’ माथि सांसदहरूले आफ्ना धारणा राख्दै असन्तुष्टि जनाएका हुन् ।

ट्रेण्डिङ