हामीसँग जोडिनुहोस

बागमतीको सर्वदलीय बैठक भोलि बस्ने

1 मिनेट

काठमाण्डौ,१८ चैत ।

बागमती प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले आज बोलाएको सर्वदलीय बैठक भोलि विहान बस्ने भएको छ। आज अपराह्न ४ बजेपछि बस्नेगरी तय भएको सर्वदलीय बैठक भोलि विहान ८ बजेका लागि सारिएको हो।

प्रदेश मन्त्रिपरिषद्को बैठक आजै अपराह्न ४ बजे बस्ने र बैठकमा प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रका अध्यक्ष शालिकराम जम्कट्टेलसमेत उपस्थित हुन नसक्ने भएपछि सर्वदलीय बैठक भोलि विहानका लागि सारिएको सभामुख भुवनकुमार पाठकले जानकारी दिए।

सभामुख पाठकले पछिल्लो राजनीतिक घटनाक्रम र प्रदेशसभा सञ्चालनको विषयहरू टुङ्ग्याउन सर्वदलीय बैठक आह्वान गरेको जानकारी दिए। विगतका सहमति, पछिल्लो समय प्रदेश सरकारका कामकाज तथा हालै विकसित राजनीतिक घटनाक्रमका बारेमा छलफल गरेर अघि बढ्ने तयारी रहेको उनको भनाई छ।

बैठकले प्रदेशसभाको १९ चैतमा बस्ने बैठकका कार्यसूचीका विषयमा पनि निर्णय गर्ने जनाइएको छ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।