हामीसँग जोडिनुहोस

आफूमाथि सरकारको षड्यन्त्रको सिलसिला रोकिएको छैन : रवि लामिछाने

1 मिनेट

१८ चैत, काठमाडौं ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूमाथि सरकारले थालेको षड्यन्त्रको सिलसिला नरोकिएको बताएका छन् ।

पार्टी केन्द्रीय समितिको बैठकमा सहभागी हुन पार्टी कार्यालय पुगेका लामिछानेले समर्थकहरूलाई सम्बोधन गर्दै सरकारले अहिले पनि आफूमाथि षड्यन्त्र गरिरहेको बताएका हुन् ।

भ्रष्टाचारमा चुर्लुम्म डुबेकाहरूले आफूलाई जोगाउन वर्तमान सरकार गठन गरेको बताएका उनले कांग्रेस एमाले मिलेर सरकार बनाउँदा संसद्मा बलियो सशक्त सरकार बन्ने सम्भावना अन्त्य भएको चर्चा गरे ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले यो सरकारले जिउँदै छोड्नु नै आफ्नो जित भएको बताएका छन् । वर्तमान सरकारप्रति आक्रोश व्यक्त गरेका लामिछानेले दुईतिहाइको सरकारले जिउँदै छोड्नु नै आफ्नो जित भएको बताएका छन् ।

पाँच महिनापछि पार्टीको बैठकमा सहभागी हुन केन्द्रीय कार्यालय पुगेका लामिछानेले सरकारले झुठा मुद्दा लगाएर आफूलाई सिध्याउन खोजेको बताएका हुन् ।

सोमबारदेखि सभापति पदमा सक्रिय हुन लागेका उनलाई पार्टी कार्यालय पुग्दा नेता कार्यकर्ताले स्वागत गरेका थिए ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।