हामीसँग जोडिनुहोस

 तीनकुनेको प्रदशर्नका बेला संचारकर्मीमाथि भएको हमला विरूद्ध मिडियाको पक्षमा निर्णय लिन पत्रकार महासंघको सात दिने अल्टिमेटम

1 मिनेट

१८ चैत, काठमाडौं ।

 तीनकुनेको हिंसात्मक प्रदशर्नका बेला संचारमाध्यम र संचारकर्मीमाथि भएको हमला विरूद्ध आन्दोलनरत नेपाल पत्रकार महासंघले  सरकारलाई ध्यानाकर्षण पत्र बुझाएको छ ।

महासंघ केन्द्रीय समितिले संघीय सरकारका गृहमन्त्री रमेश लेखक, प्रदेश समितिहरूले मुख्यमन्त्री र आन्तरिक मामिला मन्त्री र शाखाहरूले सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीमार्फत सोमबार ध्यानाकर्षण पत्र बुझाएका हुन् ।
महासंघले मृतक पत्रकारको न्याय र उनका परिवारलाई क्षतिपूर्ति, आगजनी र ढुंगामुढा गरी क्षति पु¥याइएका संचार गृहलाई क्षतिपूर्ति,घाइते पत्रकारको उपचार, क्षति पु¥याइएका र हराएका संचार उपकरणको क्षतिपूर्ति तथा संचार गृह र संचारकर्र्मीको सुरक्षाको प्रत्याभूति नभए एक सातापछि सरकार विरूद्ध आन्दोलित हुने चेतावनी सरकारलाई दिएको छ ।
ध्यानाकर्षण पत्रमा आगोेमा जलेर ज्यान गुमाएका पत्रकार सुरेश रजकको सम्बन्धमा छानबिन गरि दोषीहरूलाई तत्काल कारबाही गर्न र उनका परिवारलाई क्षतिपूर्ति दिन, क्षति पु¥याइएका अन्नपूर्ण पोष्ट, कान्तिपुर टेलिभिजन, हिमालयन टेलिभिजनलाई क्षतिपूर्ति दिन र
घाइते पत्रकारलाई क्षतिपूर्ति र निःशुल्क उपचार उपलब्ध गराउन माग गरिएको महासंघले जनाएको छ ।
यस्तै विगतदेखिकै प्रेस स्वतन्त्रता उल्लंघनका घटनामा संलग्नहरूलाई कानुनी कारबाही र संचार गृह तथा संचारकर्मीको सुरक्षाको उचित प्रवन्ध मिलाउन महासंघले माग गरेको छ ।

ती मागको यथोचित सम्बोधन नभए सरकार विरूद्ध आन्दोलित हुने महासंघले चेतावनी दिएको छ ।

 

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।