१८ चैत, काठमाडौं ।
चैत्र १५ गते शुक्रबार काठमाडौंको तीनकुनेमा भएको प्रदर्शनका क्रममा आगजनी, तोडफोड गर्नेहरुमध्ये ४१ जना पक्राउ परेका छन् ।
जिल्ला प्रहरी परिसर काठमाडौं सोमबार सूचना जारी गर्दै आजसम्म ४१ जना पक्राउ परेको जानकारी दिएको हो ।
राज्य विरूद्धको कसूर र संगठित अपराध सम्बन्धी कसुरअन्तर्गत ११ जना र अपराधिक उपद्रव र संगठित अपराध सम्बन्धी कसूर अन्तर्गत ४१ जना प्रतिवादीहरु पक्राउ गरिएको हो ।