
काठमाडौं,१९ चैत ।

त्रिवि विश्वविद्यालय केन्द्रीय क्याम्पस कीर्तिपुरमा नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघले स्ववियु सभापति जितेको छ।सोमबार सम्पन्न स्ववियु निर्वाचनमा नेविसंघका दिपकराज जोशी सभापति पदमा निर्वाचित भए।
जोशीले ७८९ मत ल्याए भने उनका निकटतम प्रतिद्वन्द्वी अनेरास्ववियुका सिद्धान्त भट्टले ७८१ मत पाए। जोशी ८ मतको अन्तरले विजयी भएका हुन्।सचिव, कोषाध्यक्ष र सदस्यहरुमा अनेरास्ववियुका उम्मेदवार विजयी बने। सचिवमा हिक्मतकुमार बुढा र कोषाध्यक्षमा सञ्चमाया सुब्बा निर्वाचित बनेका छन्।
केन्द्रीय क्याम्पस कीर्तिपुरमा जम्मा ३११८ मत खसेको थियो।
Related

अन्य समाचार
नेमकिपाले ५९ जिल्लाको १२० निर्वाचन क्षेत्रमा दियो उम्मेदवारी, ५३ महिला उम्मेदवार
भक्तपुरका दुई निर्वाचन क्षेत्रमा ५७ जनाको उम्मेदवारी, क्षेत्र नं. १ मा प्रेम सुवाल र क्षेत्र नं. २ महेश बस्नेत पुरानै अनुहार दोहरिए
स्वास्थ्य मन्त्री किरण थापादेखि स्वास्थ्य सचिव डा. गौतमसम्मका अथक प्रयास सफल : प्रदेश सरकारको ६२ करोड लागतमा बन्दै सुविधा सम्पन्न अस्पताल





