काठमाडौं,१९ चैत ।
त्रिवि विश्वविद्यालय केन्द्रीय क्याम्पस कीर्तिपुरमा नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघले स्ववियु सभापति जितेको छ।सोमबार सम्पन्न स्ववियु निर्वाचनमा नेविसंघका दिपकराज जोशी सभापति पदमा निर्वाचित भए।
जोशीले ७८९ मत ल्याए भने उनका निकटतम प्रतिद्वन्द्वी अनेरास्ववियुका सिद्धान्त भट्टले ७८१ मत पाए। जोशी ८ मतको अन्तरले विजयी भएका हुन्।सचिव, कोषाध्यक्ष र सदस्यहरुमा अनेरास्ववियुका उम्मेदवार विजयी बने। सचिवमा हिक्मतकुमार बुढा र कोषाध्यक्षमा सञ्चमाया सुब्बा निर्वाचित बनेका छन्।
केन्द्रीय क्याम्पस कीर्तिपुरमा जम्मा ३११८ मत खसेको थियो।