
२० चैत ,काठमाडौं ।

गत शुक्रबार भएको राजावादी आन्दोलनका क्रममा भएको लुटपाटको प्रतिकार गर्ने भाटभेटनी सुपरमार्केटका सुरक्षा गार्ड दुलप्रसाद पराजुली (कृष्ण) सम्मानित भएका छन् ।
भाटभटेनीका मालिक मीनबहादुर गुरुङले बुधबार एक कार्यक्रमबीच उनलाई दुबोको माला लगाइदिएर सम्मान गरेका हुन् ।भाटभटेनीले पराजुलीलाई ५ लाख १ हजार १ सय ११ नगद रुपैयाँ पुरस्कार र पाँच ग्रेड बढुवासमेत गरेको छ ।
कार्यक्रममा चैत १५ गते लुटपाट र तोडफोडमा भाटभटेनीलाई जोगाउन भूमिका खेल्ने अन्य कर्मचारीलाई पनि पुरस्कार र सम्मान प्रदान गरिएको छ ।उक्त घटनाका क्रममा करिब ८० लाख रुपैयाँ बराबरको क्षति भएको भाटभटेनीले जनाएको छ ।
Related

अन्य समाचार
नेमकिपाले ५९ जिल्लाको १२० निर्वाचन क्षेत्रमा दियो उम्मेदवारी, ५३ महिला उम्मेदवार
भक्तपुरका दुई निर्वाचन क्षेत्रमा ५७ जनाको उम्मेदवारी, क्षेत्र नं. १ मा प्रेम सुवाल र क्षेत्र नं. २ महेश बस्नेत पुरानै अनुहार दोहरिए
स्वास्थ्य मन्त्री किरण थापादेखि स्वास्थ्य सचिव डा. गौतमसम्मका अथक प्रयास सफल : प्रदेश सरकारको ६२ करोड लागतमा बन्दै सुविधा सम्पन्न अस्पताल





