भक्तपुर, २० चैत्त । सडकमा अलपत्र रहेका वेवारिसे सडक मानवको उद्धार गर्ने, उपचार गर्ने, आश्रय दिने, शिक्षा, स्वास्थ्यको व्यबस्थ ागर्ने र पारिवारिक पुर्नमिलन गर्दै आएको मानव कल्याण समाज भक्तपुरले सडक मानवका लागि स्थायी आवास निर्माणार्थ आयोजन ागर्न लागेको महायज्ञको सम्पूर्ण तयारी पुरा गरेको छ ।
समाजले आज महायज्ञस्थलमा आयोजना गरेको पत्रकार सम्मेलनमा महायज्ञका संयोजक गोपीकृष्ण न्यौपानेले ‘बेवारिसे सडक मानवका लागि महायज्ञ–२०८१’ भन्ने अभियानका साथ समाजले मध्यपुरथिमि नगरपालिका–५ राधेराधेस्थित यातायात कार्यालयसंगै भोली चैत २१ गतेदेखि २७ गतेसम्म हुने श्रीमद् भागवत सप्ताह ज्ञान–विज्ञान महायज्ञको सम्पूर्ण तयारी पुरा भएको बताउनुभयो ।

पत्रकार सम्मेलनमा समाजकी संस्थापक अध्यक्ष एवं महायज्ञकी कथा वाचिका देवी सुमी मानवले सडकबाट उद्धार गरिएका असहाय सडक एवं वेवारिसे मानवको लालन, पालन र आवाससहितको दिगो र स्थायीत्वका लागि महायज्ञको आयोजना गर्न लागेको बताउनुभयो ।
‘२०७२ सालदेखि नै सडकमा बेवारिसे रहेका मानवहरुलाई चाउचाउ, बिस्कुट तथा पानी बाढ्ने अभियानबाट सेवाको सुरुवात गरेका थियौ, अहिले झौखेलमा एउटा भाडाको टहरामा ४१ जना बेवारिसे बुबाआमा राखेर नाना, खाना र छानाको व्यबस्था गरेका छौँ, उहाँले भन्नुभयो, ‘समाजले अहिलेसम्म १५१ जना अनाथ बालबालिकालाई काभ्रेमा राखेर पठन पाठन र संगै सबै जिम्मेवारी उठाएका छौँ, अहिलेसम्म हामीले २१ सय सडक मानव तथा बेवारिसे मानवको उद्धार गरी सकेका छौँ, कतिले सेवा घरमै प्राण त्याग्नु भयो, कतिलाई पारिवारिक पुर्नमिलन गरायौ, यो दायित्वलाई स्थायीत्व दिन महायज्ञ आयोजना गर्न लागेका हौ ।’

हाल देशभर ६ स्थानबाट सेवा घर सञ्चालन गरेको बताउदै देशभर ५०३ जनाले सेवा पाईरहेको, काठमाडौको पशुपति क्षेत्र, भक्तपुरको झौखेल, काभ्रेको धुलिखेल र पनौति, बाराको निजगढ तथा दाङको नारायणपुरमा सेवा घर स्थापना गरेर सेवा प्रवाह गरिरहेको बताउनुभयो । काभ्रेको बनेपामा स्थानीय र प्रदेश सरकारले निर्माण गरेको भवनमा १५१ बालबालिका आश्रित रहेको बताउनुभयो । महायज्ञबाट संकलित दान दक्षिणालाई पारदर्शी रुपमा महायज्ञको समापन पछि पत्रकार सम्मेलन गरेर सार्वजनिक गरिने उहाँले बताउनुभयो ।

पत्रकार सम्मेलनमा पत्रकार महासंघ भक्तपुरका अध्यक्ष सुन्दर शिल्पकारले महायज्ञ व्यापार हुनु नहुने र संकलित रकम पारदर्शी रुपमा बाहिर आउनु पर्ने बताउनुभयो ।
२१ गते बिहान ७ बजे कलश शोभायात्रा प्रारम्भ गरि ११ बजे समुदघाटन लगत्तै महायज्ञको कथा वाचन सुरु हुने, हरेक दिन साँझ आरती पछि धार्मिक नाटक एवं प्रहसन र नृत्यहरु प्रस्तुत हुने भएको छ । अन्तिम दिन सामुहिक चुडाकर्म, ब्रतबन्, गुन्युचोलीलगायतका कार्य हुने भएका छन् ।