हामीसँग जोडिनुहोस

लोसपाले स्थानीय तहको अधिवेशनका लागि दोस्रो पटक थप्यो म्याद

1 मिनेट

काठमाडौं,२० चैत। 

महाधिवेशनको तयारीमा रहेको लोकतान्त्रिक समाजवादी पार्टी नेपालले स्थानीय तहको अधिवेशनको म्याद थप गरेको छ । आज बसेको पार्टी सचिवालयको बैठकले चैत मसान्तभित्र अधिवेशन सम्पन्न गर्ने गरी म्याद थप गरेको हो ।

यसअघि, चैत १७ गतेभित्र सबै स्थानीय तहको अधिवेशन सम्पन्न गर्न लोसपाले सर्कुलर जारी गरेको थियो । तर, तोकिएको समयमा अधिवेशन सम्पन्न नभएपछि त्यसको म्याद थप गरिएको छ ।
 स्थानीय तहको अधिवेशन गराउन म्याद थप गरिएको यो दोस्रोपटक हो । यसअघि सबैभन्दा पहिले चैत ७ गतेभित्र अधिवेशन सम्पन्न गर्न सर्कुलर जारी गरेको थियो । सो समयभित्र अधिवेशन सम्पन्न नभएपछि चैत १७ गतेभित्र सम्पन्न गर्न भनिएको थियो । यो समयसीमामा पनि अधिवेशन सम्पन्न नहुने भएपछि चैत मसान्तको समय थपिएको सो पार्टीका महासचिव मनिष मिश्रले बताए ।

 

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।