हामीसँग जोडिनुहोस

बागमती प्रदेशसभा बैठक स्थगित

1 मिनेट

काठमाडौं,२० चैत। 

बागमती प्रदेशसभाको बैठक सभामुखले अर्को सूचना जारी नगरुन्जेलसम्म स्थगित भएको छ ।

बागमती सरकारले प्रदेशसभाको हिउँदे अधिवेशन अन्त्यको सिफारिसमेत गरेको छ।

बुधवार १ बजे बस्ने भनिएको प्रदेशसभाको बैठक सरकारले हिउँदे अधिवेशन अन्त्यका लागि सिफारिस गर्ने निर्णय गरेसँगै अनिश्चितकालका लागि स्थगित गरिएको हो। बागमती प्रदेशका सचिव पूर्णबहादुर दर्जीले बुधवार दिउँसो बस्ने भनिएको बैठक विशेष कारणले प्रदेशसभा नियमावली, २०७४ को नियम ६ को उपनियम २ बमोजिम सभामुखको अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको जानकारी दिए।

मंगलवार दिउँसो १ बजेका लागि बोलाइएको बैठक सत्तापक्ष र प्रतिपक्षबीच सहमति नहुँदा ४ बजेका लागि सारिएको थियो। ४ बजे पनि बैठक बस्ने वातावरण नबनेपछि सभामुखले बुधवार १ बजेका लागि बैठक आह्वान गरेका थिए।

मंगलवार विहानदेखि बसेको प्रदेशसभाका ७ दलको बैठकसमेत निष्कर्षविहीन बनेको थियो। प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले आह्वान गरेको बैठकमा सत्तापक्ष र प्रतिपक्षबीचको विगतको बजेटमाथिको सहमति र पछिल्लो समय भएको सहकारीमन्त्री मदुकुमार श्रेष्ठको स्वकीय सचिवको आत्महत्या प्रकरणमा छानबिन समिति गठनबारे सहमति जुट्न नसक्दा बैठक सहमतिविहीन बनेको थियो।

सर्वदलीय बैठकमा सहमति भैसके पनि कार्य व्यवस्था परामर्श समितिको बैठकमा विपक्षी दलका केही सांसदहरुले असहमति जनाएपछि बैठक सरेको थियो।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।